ताजा अपडेट :

संविधान कार्यान्वयन र जिल्ला अधिवेशनलाई केन्द्रीत गरी गाउँ छिर्दै एमाले

संविधान कार्यान्वयन र जिल्ला अधिवेशनलाई केन्द्रीत गरी गाउँ छिर्दै एमाले
बागलुङ, १८ असोज    

    संविधान कार्यान्वयन र पार्टीको आठौ जिल्ला अधिवेशनलाई केन्द्रीत गरेर  नेकपा एमाले बागलुङले चार महिने अभियान सञ्चालन गर्ने भएको छ ।     
     नेकपा एमालेको केन्द्रीय कमिटिले संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ को घोषणा गरे लगत्तै बागलुङ एमालेले गाउँ फर्क अभियान शुरु गर्न लागेको हो ।      
    संविधानको कार्यान्वयन र आठौ जिल्ला अधिवेशनका लागि एमाले बागलुङको अभियान २०७३ भन्ने नाराका साथ एमालेले जिल्लाव्यापी अभियानको तयारी गरेको छ । अभियान असोज २८ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेछ ।
    
    एमाले बागलुङको असोज १४ गते सम्पन्न सचिवालय वैठकले जिल्लालाई १० कलष्टरमा विभाजन गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।     
    नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधान कार्यान्वयन एमालेको अभियान भन्ने नाराका साथ नेता सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको हो ।     स्थानीय स्तरमा संविधानको कार्यान्वयन एमालेको अभियान, आठौ जिल्ला अधिवेशनका लागि सिंगो पार्टी परिचालन नारा तय गरिएको छ । एमाले बागलुङको आठौ जिल्ला अधिवेशन आगामी मंसिर २५ देखि २७ गतेसम्मका लागि तय भएको छ ।     
    

     संविधान निर्माण र सरकार सञ्चालनमा पार्टीले खेलेको भूमिकालाई स्थापित गर्नु, सरकार सञ्चालनका क्रममा गरेका उपलब्धीहरुलाई जनताबीच लैजाने, पार्टी संगठनलाई बलियो बनाउने, राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न नदिने लयायत जिल्ला र देशमै एमालेलाई पहिलो पार्टी बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गर्न लागिएको एमाले बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले बताउनु भएको छ ।     
     एमालेले मंगलवार आयोजना गरेको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा अभियान बारे सम्पूर्ण जानकारी दिइने एमालेले जनाएको छ ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह