ताजा अपडेट :

महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह

महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी हुने सांसद कल्पना चापागाईको भनाई।।

फाल्गुण ७ पर्वत

सांसद कल्पना चापागाइले महिलाहरुलाई स्वास्थ्य राख्न तथा सहजताका लागि आवश्यक पर्ने प्याड स्थानीय तहमै उत्पादन गर्न सकेमा प्रभावकारी हुने।विकास समिति पर्वतले आयोजना गरेको सेनटरी प्याड निर्माण सम्बन्धी तालिम शुक्रबार कुस्मामा सम्पन्न भएको छ । महिलाहरुलाई आवश्यक पर्ने प्याड स्थानीय तहमै उत्पादन गर्ने उद्देश्यका साथ सो संचालन गरिएको तालिममा ३५ जना सहभागि रहेका थिए ।

 

गाउँ विकास समितिमा कार्यरत सामाजिक परिचालक तथा नागरिक सचेतना केन्द्रका प्रतिनिधीका लागि सो तालिम आयोजना गरिएको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै सांसद कल्पना चापागाइले महिलाहरुलाई स्वास्थ्य राख्न तथा सहजताका लागि आवश्यक पर्ने प्याड स्थानीय तहमै उत्पादन गर्न सकेमा प्रभावकारी हुने बताउनुभयो ।उहाँले महिलाहरु विभिन्न समस्याबाट ग्रसित बन्नु परेकाले स्वास्थसँग सम्बन्धित यस्ता कार्यहरुले स्वास्थ्य रहन मद्दत पुग्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी युवराज पौडेलले स्थानीय तहको विकासका लागि स्वस्थ्य प्रमुख भएकाले यस्ता तालिमहरु थप प्रभावकारी हुने बताउनुभयो ।१ दिने सो तालिम कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत लिलाधर सुबेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नुभएको थियो भने कार्यक्रमको संचालन सोडेक नेपालका कार्यक्रम संयोजक यज्ञ अधिकारीले गर्नुभएको थियो ।

त्यसैगरि बिहिबार पर्वतको हुवासमा समेत सेनटरी प्याड निर्माण तालिम सम्पन्न भएको छ । १ दिने सो तालिममा दक्षिण क्षेत्रका २० जना सामाजिक परिचालक तथा सचेतना केन्द्रका सदस्यहरुले भाग लिएका थिए । यसबाट जिल्लाका करिब ३ हजार महिलाहरुले प्रत्यक्ष रुपमा फाईदा लिन सक्ने बताईएको छ यसरी सामाजिक परिचालकले लिएको तालिम स्थानीय स्तरमा रहेका नागरिक सचेतना केन्द्रमार्फत संचालन गरिने जिल्ला विकास समिति स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका अधिकृत दिपेन्द्र शर्मा लम्सालले बताउनुभयो । दुबै तालिमको संयोजन अधिकृत लम्साल र सहजीकरण जापानी स्वयंसेवक युकी यामामोटोले गर्नुभएको थियो

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह