ताजा अपडेट :

कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी

कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी

फाल्गुण ७ पर्वत

प्रजातन्त्र दिवषको अवसरका पारेर कुश्मा बजार सरसफाई गरीएको छ । जिल्ला प्रशासन पर्वतको नेतृत्व र अन्य सरोकार निकायको सहकार्यमा कुश्मा बजार सरसफाई गरीएको हो । दिवषको अवसर पारेर स्थानीय राजनीतीक दल , कुश्मा नगरपालिका , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा निर्वाचन कार्यालयको पहलमा बजारका मुख्य चोकहरुको सरसफाई गरीएको हो । गएको कार्तीकको पहीलो साताबाट शुरु गरीएको सरसफाई अभियान अन्तर्गत ३६ हप्ता  र प्रजातन्त्र दिवषको पुर्व सन्ध्यामा बजार सरसफाई गरीएको हो ।  जिल्ला प्रशासन पर्वतबाट शुरु गरीएको सरसफाई अभियान दुलुङ चोक शिवालय चोक तथा प्रगती चोक हुँदै प्रशासनका आएर टुङगीएको हो ।

 

  सरसफाई अभियानका सहभागि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनीले  विगतका दिन भन्दा पछिल्ला साताहरुमा बजारवासीमा सकृयता बढेको बताउँदै स्थानीय निकायहरुले सरसफाई अभियानमा पहल बढाउन आवश्यक रहेको बताउनुभयो । केही स्थानीय निकायमार्फत पछिल्ला साताहरुमा सकृयता बढाउन काम भईरहेको  मरासीनीले बताउनु भयो । पहीले हप्ताको  शुक्रबार सञ्चालमा रहेको  कुश्मा बजार सरसफाई अभियान २५ औ हप्ता पछि महीनाको पहीलो शुक्रबार सरसफाई गरीने निर्णय अनुरुप यो ३६ औ हप्ता रहेको हो । प्रजातन्त्र दिवषको अवसर पारेर स्थानीय राजनीतीक दल ,सरकारी तथा गैर सरकारी निकाय समाज सेवी र सुरक्षा निकायको सहभागितामा  बजार सरसफाई गरीएको हो । सरसफाई डिभिजन कार्यालय प्रमुख प्रेम प्रसाद डोटेलले  पहीले भन्दा स्थानीयमा जागरण आईसकेको जनाउँदै अभियान सफलता तर्फ उन्मुख रहेको बताउनु भयो । पहिले फोहोर हुने गल्ली चोकहरु अहीले सरसफाई युक्त बन्न लागेको डोेटेलले बताउनु भयो ।  अभियानमा रणदल गुल्म नेपाल प्रहरी ससस्त्र प्रहरी तथा सरकारी निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह