ताजा अपडेट :

म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न

म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न
माघ १३ म्याग्दी
म्याग्दीका महिलाहरुलाई सिपमूलकसम्बन्धी व्यावसायिक माला बुनाई तालिम बुधबार सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा सिप तथा व्यावसायिकता विकास तालिमअन्तर्गत ७ दिने जिल्लास्तरीय तालिम प्रदान गरिएको हो. तालिममा सहभागी महिलाहरुले कागजको माला बनाएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालिमको दौरानमा सिकेका व्यवहारिक पक्षलाई व्यवहारमा लैजानुपर्ने र व्यावसायिकतातर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।कार्यक्रममा बोल्दै प्रशिक्षक निशा महतले आर्थिक रुपमा सशक्तिकरण नहुँदा महिला हिंसा हुने गरेको हुँदा सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरुलाई महिला विकास कार्यालय म्याग्दीबाट प्रमाणपत्र वितरण गरी सम्मान समेत गरिएको थियो।कुल २० जना महिला सहभागी तालिमको प्रशिक्षक निशा महत र लक्ष्मी थापाले सहजीकरण गरेका थिए ।महिला तथा बालबालिका कार्यालय म्याग्दीका प्रमुख महिला विकास अधिकृत निर्मला शर्माको अध्यक्षता र कार्यक्रम संयोजक गायत्री दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी कमला रेग्मीले अनुभव मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, स्थानीय शान्ति समितिका संयोजक मुक्ति ढुङ्गानालगायतको सहभागीता रहेको थियो

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह