ताजा अपडेट :

जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न

जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न

पर्वत,७माघ

जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्नभएको छ।गोष्ठीमा बढि मात्रमा सडक निर्माण र मर्मतका योजना छनोट भएका छन् बुधबार लुखुमा सम्पन्न ९ नं.ईलाका गोष्ठीमा धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ ।गोष्ठीमा सबै गाविसका सचिवले गाउँ परिषद मार्फत पुरा नभएका योजनाहरु जिल्ला र केन्द्रमा सिफारिस गर्न पेश गरेका थिए।सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ ।जिल्ला विकास समितिका मन्जुशिलाकार लेयोजना छनौटमा सहजीकरण गरेका थिए ।उहाल दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरे गाविसका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्तरका नेताहरु, विभिन्न सञ्जालका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो।खानेपानिका नायक सुब्बा टेकनाथ सुबेदी र गैसस महासंका अध्यक्ष राजेन्दै पौडेल लगाएतले मन्त्वय राख्नु भएको थियो  ।ईलाका नं. ९  को कार्यक्रममा लुङ गाबिस सचिब  गोपाल र्शमा घिमिरे को अध्यक्षतामा भएको कार्यक्रम मा गाबिसका सचिब , झलक र्शमाले सञ्चालन र्गनु भृएको नायक सुब्बा टंकनाथ सुबेदीले जानाकारी दिनु भएको छ।
पाँचौ  पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई  विगतका वर्ष भन्दा पारदर्शी हुने दावी।।
पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि प्रचारप्रसारमा लागेको महोत्सव आयोजक समितिले महोत्सवको पुर्वसध्यामा कालिगण्डकीमा ¥याफ्टिङ गर्ने बताएको हो । समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३ को प्रचारप्रसारका लागि भन्दै माघ ८ गते शनिवार ¥याफिटङको समेत आयोजना गरेको  आयोजकले  जनाएको हो ।  मुख्यतय जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनको लागि आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सव शुरु हुन अगावै कालीगण्डकीमा जिल्लाका सांसद, सरकारी कार्यालयका प्रमुख, पत्रकार सहितको  जलयात्रा  हुन लागेको हो ।  कालीगण्डीको बृहत सरसफाइ तथा प्रचारात्मक  कार्यक्रमका लागि जलयात्रा हुने मूल आयोजक समितिका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो ।  समीतीको अनुसार  पर्वतको खनियाघाटदेखि नयाँपुलसम्म ¥याफ्टिङ संचालन गरिनेछ । महोत्सव अवधिभर इच्छा हुनेहरुले सचिवालयमा सम्पर्क गरेमा ¥याफिटङ गर्न सकिने व्यवस्था मिलाइएको समेत लामीछानले बताउनु भयो ।  प्रचारात्मकको लागि महोत्सवको पुर्वसध्यामा हुन लागेको जलयात्रामा जिल्लाका सांसद, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, पत्रकार सहितको ३२ जनाको टोली रहेन महोत्सवका आर्थिक संयोजक गोपी अधिकारीले बताउनु भयो ।  जलयात्रा तथा कालीगण्डकी सरसफाइ र प्रचारप्रसारात्मक कार्यक्रमको लागि चार वटा ढुंगाको व्यवस्था मिलाइएको  पर्वत एद्योग वाणिज्य संघले जनाएको छ ।  विगतका महोत्सवका तुलनामा पाँचौ पर्वत महोत्सव आर्थिक रुपले समेत समृद्ध पारदर्शी  हुने आथिक संयोजक अधिकारीले  जनाउनु भयो । प्रचारप्रसारको काम तिब्र रुपमा भएको र स्टल पनि पुरै बुकिङ भैसकेको र प्रायोजक समेत थपिने क्रम जारी रहेकोले पाँचौ पर्वत महोत्सव सोचेको भन्दा बढी सफल आयोजक समीतीले जनाएको हो । महोत्सवमा  १२ वटा रेष्टुरेष्ट, ५ वटा भेइकल, २५ वटा उद्यमीका स्टलहरु रहनेछन् भने बाँकी सबै स्टल फेन्सी तथा अन्यका  रहने समीतीले बताएको हो । महोत्सव भ्याट विलमा समेत दर्ता भैसकेको र महोत्सवको व्यवस्थापन कार्य ९० प्रतिशतले पूरा भएको मुल समीतीले बताएको हो । त्यसैगरी महोत्सवको मुख्य आकर्षणमा ¥याफ्टिङ, प्याराग्लाइडिङ, पश्चिमाञ्चल स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, ठेका बनाउने, सेखु बुन्ने, माटाका भाँडा बनाउने, घरलु तथा लघु उद्यमीका उत्पादन प्रदर्शन गर्ने लगायत रहेकोमा थप अस्ट्रिज, उट, चौंरीसमेत ल्याउने गरी तयारी भईरहेको मूल आयोजक समितिका सदस्य सचिव ठाकुर वि पौडेलले बताउनु भयो


४  जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी  लप्सी उत्पादन,
पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो । विगत केही बर्ष अघिसम्म पाखाबारीमा झरेर कुहिएर जाने लप्सीलाई ग्रामीण कृषकहरुले व्यवसायिक खेतीका रुपमा अप्नाउन थालेपछि लप्सीको तथ्याङ्क पत्ता लागेको हो । अहिले कृषकहरुले लप्सीलाई प्रशोधन गरी विभिन्न प्रकारका परिकारहरु बनाउने गरेका छन् भने पर्वतको मुडिकुवामा सामुदायिक खाद्य प्रसोधन उद्योग, दुर्लुङ्गमा संचालित झाक्रिसल्ला लप्सी उद्यम, थापाठानामा सञ्चालित सृजनशील लप्सी उद्यमी समुह, तिलाहारमा सञ्चालित बिकासमुलक लप्सी समुह लगायतका समुहमा कृषकहरु आबद्ध भएर लप्सीका परिकारहरु बनाउन थालेका छन् ।कृषकहरु व्यवसायिक बन्न थालेपछि गत आर्थिक बर्षमा ६० टन लप्सी प्रशोधन गरिएको एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव टंकनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा लप्सी खेती प्रबद्र्धनकै लागि सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले लप्सी प्रसोधन मेसीन औजार उपकरणहरु उपलब्ध गराउँदै आएको छ भने लेवलीङ्ग प्याकेजिङ्गमा अनुदानको साथै बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ ।     चालु आर्थिक बर्षमा जिल्लाको बार्षिक कच्चा लप्सी उत्पादन १ सय ३० टन र ८० टन लप्सी प्रसोधन गरि खाद्य परिकार तयार गर्ने उद्देश्य रहेको कार्यक्रमका सदस्य सचिव पौडेलले बताउनुभयो । लप्सी नेपालमा मात्रै पाइने फल हो । पर्वतमा पनि एक नगरपालिका र ४७ गाविस मध्येका ३५ गाविसमा लप्सी खेतीको सम्भावना रहेको पाइन्छ । लप्सीको उपयोगिताबारे खासै जानकारी नपाएका कृषकहरुले लामो समयदेखि काठदाउराको रुपमा प्रयोग गर्दै आएका थिए । अहिले जिल्ला लप्सी खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन भएपछि कृषकहरु व्यवसायिक वन्न थालेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।पर्वतमा उत्पादित लप्सीलाई अहिले प्रसोधन गरेर अहिले जाम, तितौरा, अचार, क्याण्डी, अमिलो, पाउडर लगायतका खाद्य बस्तुहरु निर्माण गर्न थालिएको छ ।

५ छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन  म्याग्दीका आमा समुहरु सकृय बन्दै
पाँच वर्षअघिदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामा लोकप्रिय भएपछि त्यसको विस्तारका लागि अहिले  म्याग्दी जिल्लाका आमाहसमुहहरू जुटन थालेका छन ।  यस्तो शिक्षण विधिप्रति अहिले बालबालिका र अभिभावकहरू नै आक्रषण बढेको हो । े बालमैत्री शिक्षा कार्यक्रमको  आकर्षणका कारण जिल्लामा बालमैत्री शिक्षण सिकाइ प्रक्रिया लागु गर्ने विद्यालयहरूको संख्या  पनि प्रतिदिन  बदलाव आउन थालेको छ ।  पछिल्लो समयमा सामुदायिक विकास प्रवद्र्धन केन्द्र र जिल्ला शिक्षा कार्यालय म्याग्दीले जिल्लाका विकट पश्चिमीभेगका पाँच गाविसमा रहेका २० सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०७० देखि बालमैत्री शिक्षा कार्यक्रम लागू गरेपछि अभिभावकहरूमा उत्साह बढ्न थालेको हो  ।बालबालिकालाई खेलकुद, गीत तथा मनोरञ्जनात्मक क्रियाकलापका साथ पठनपाठन गराउने विधि नै बालमैत्री शिक्षा हो । पठनपाठनको यो विधि देखेपछि आमाहरू नै बालमैंत्री शिक्षा कार्यक्रमलाई राम्रो बनाउनुपर्छ भनेर सङ्गठितरुपमा लागेका छन् । बालमैंत्रीपूर्ण शिक्षण सिकाइ प्रक्रियाद्वारा विद्यार्थीहरूलाई शिक्षा दिनुपर्छ भनेर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका साथै सम्पूर्ण अभिभावकले नै जुटेर कक्षाकोठा, कार्पेट र चकटीको व्यवस्थापन गरेका हुन ।सामुदायीक शिक्षाका  लागि पहिला शिक्षकलाई तालिममा पठाइएको थियो । तालिमप्राप्त शिक्षकले पढाउन सुरु गरेपछि बालबालिका पनि रमाएरै विद्यालय जान थालेका छन् र यस्तो पढाउने तरिका सञ्चालनपछि कहिले विद्यालय नआउने आमा बुबाहरू पनि विद्यालयमा आउन थालेको बाल जागृति प्रावि बगुवाखोलाका प्रअ भक्त कार्की बताउभयो ।  यस्तो पढाइ पहिला नै सञ्चालन गर्नुपर्ने रहेछ, हामी पछाडि परेछौ कार्कीले भन्नु भयो ।  बालमैत्री तरिकाले पढाउन थालेपछि आफ्नो बच्चामा निकै परिवर्तन आएको स्थानीय शेरवहादुर वानियाँ बताउनुहुन्छ । पहिला स्कुल जाउ भनेर कर गर्दा पनि नमान्ने बालबालिका आजकाल समय हुनासाथ आफैँ सरासर विद्यालय गएको देख्दा खुसी लाग्ने गरेको  सरस्वती प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको अनुभव थियो । जब विद्यालयमा बालमैंत्री तरिकाले रमाईलो वातावरणमा विद्यार्थीलाई नै सक्रिय बनाएर पढाउन थालियो त्यसपछि बालबालिकाक

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह