ताजा अपडेट :

छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै

छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन  म्याग्दीका आमा समुहरु सकृय बन्दै
म्याग्दी,७माघ  
पाँच वर्षअघिदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामा लोकप्रिय भएपछि त्यसको विस्तारका लागि अहिले  म्याग्दी जिल्लाका आमाहसमुहहरू जुटन थालेका छन ।  यस्तो शिक्षण विधिप्रति अहिले बालबालिका र अभिभावकहरू नै आक्रषण बढेको हो । े बालमैत्री शिक्षा कार्यक्रमको  आकर्षणका कारण जिल्लामा बालमैत्री शिक्षण सिकाइ प्रक्रिया लागु गर्ने विद्यालयहरूको संख्या  पनि प्रतिदिन  बदलाव आउन थालेको छ ।  पछिल्लो समयमा सामुदायिक विकास प्रवद्र्धन केन्द्र र जिल्ला शिक्षा कार्यालय म्याग्दीले जिल्लाका विकट पश्चिमीभेगका पाँच गाविसमा रहेका २० सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०७० देखि बालमैत्री शिक्षा कार्यक्रम लागू गरेपछि अभिभावकहरूमा उत्साह बढ्न थालेको हो  ।बालबालिकालाई खेलकुद, गीत तथा मनोरञ्जनात्मक क्रियाकलापका साथ पठनपाठन गराउने विधि नै बालमैत्री शिक्षा हो । पठनपाठनको यो विधि देखेपछि आमाहरू नै बालमैंत्री शिक्षा कार्यक्रमलाई राम्रो बनाउनुपर्छ भनेर सङ्गठितरुपमा लागेका छन् । बालमैंत्रीपूर्ण शिक्षण सिकाइ प्रक्रियाद्वारा विद्यार्थीहरूलाई शिक्षा दिनुपर्छ भनेर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका साथै सम्पूर्ण अभिभावकले नै जुटेर कक्षाकोठा, कार्पेट र चकटीको व्यवस्थापन गरेका हुन ।सामुदायीक शिक्षाका  लागि पहिला शिक्षकलाई तालिममा पठाइएको थियो । तालिमप्राप्त शिक्षकले पढाउन सुरु गरेपछि बालबालिका पनि रमाएरै विद्यालय जान थालेका छन् र यस्तो पढाउने तरिका सञ्चालनपछि कहिले विद्यालय नआउने आमा बुबाहरू पनि विद्यालयमा आउन थालेको बाल जागृति प्रावि बगुवाखोलाका प्रअ भक्त कार्की बताउभयो ।  यस्तो पढाइ पहिला नै सञ्चालन गर्नुपर्ने रहेछ, हामी पछाडि परेछौ कार्कीले भन्नु भयो ।  बालमैत्री तरिकाले पढाउन थालेपछि आफ्नो बच्चामा निकै परिवर्तन आएको स्थानीय शेरवहादुर वानियाँ बताउनुहुन्छ । पहिला स्कुल जाउ भनेर कर गर्दा पनि नमान्ने बालबालिका आजकाल समय हुनासाथ आफैँ सरासर विद्यालय गएको देख्दा खुसी लाग्ने गरेको  सरस्वती प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको अनुभव थियो । जब विद्यालयमा बालमैंत्री तरिकाले रमाईलो वातावरणमा विद्यार्थीलाई नै सक्रिय बनाएर पढाउन थालियो त्यसपछि बालबालिकाका बुबा आमाहरूमा विद्यालयलाई सहयोग गर्नु पर्दोरहेछ भन्ने महसुस भएर सहयोग गर्न थालेको सरस्वती प्रावि बगरफाँटका प्रअ प्रेमवहादुर कार्कीले बताउनुभयो ।आमाहरूलाई आफ्ना छोरीछोरालाई पढाएको देखेर खुसी लागेर सङ्गठित भएर विद्यालयमा आमा समूह गठन गर्न थालेका छन् ।
 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह