- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी
सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी
फाल्गुण ७ पर्वत
नेपाल सरकार सर्वोच्च अदालतले २०७२ साल असार मसान्त सम्ममा मुलुकभरका जिल्ला, अञ्चल र क्षेत्रिय अस्पतालहरुलाई आफै फार्मेसी सञ्चालन गर्न आदेश जारी गरेको थियो । त्यसलगत्तै असार २९ को मन्त्रिपरिषदले सबै अस्पतालहरुलाई अदालतको आदेश कार्यान्वयन गर्न आदेश पनि दिएको हो । तर पर्वत अस्पतालमा भने अझैसम्म साझा स्वास्थ्य सेवाका नामा रहेको फार्मेसी सञ्चालन भइरहेको छ ।
नीजि फार्मेसी सञ्चालकबाट औषधीमा एकरुपता नहुने, बिरामी ठगिने लगायतका समस्याबाट सर्वसाधारणलाई मुक्ति दिन अदालत र सरकारले उक्त निर्णय गरेको भएपनि पर्वत अस्पतालले आदेश पालना गरेको छै्रन । अस्पताल विकास समीतीले दुई वर्षका लागि सम्झौता गरेको भन्दै साझा फार्मेसी नहटाएको जनाइएको हो । सम्झौतामा अस्पताल प्रशासनले ‘एक महिनाअघि सुचना दिएर हटाउन सकिने’ बु“दा भए पनि प्रशासन त्यसतर्फ अग्रसरता देखाएको छैन । यता जिल्ला अस्पताल पर्वतले भने विरामीको आवश्यकतालाई मध्य नजर गर्दै साझा फार्मेसी नहटाएको जनाएको छ ।नेपाल सरकारको स्रोतले मात्र औषधीको माग पुरा नहुने भन्दै अहीले सम्म अस्पताल हाता भित्रको निजी फार्मेसी हटाउन नसकीएको अस्पताल प्रमुख फडिन्द्र बरालले बताउनु भयो ।अस्पताल स्रोतका अनुसार साझा स्वास्थ्य सेवाको फार्मेसी र प्रशासनबिचको आर्थिक लेनदेन हुनेगरेका कारण अस्पतालले फार्मेसी चलाउने सक्रियता देखाउन नसकेको हो ।
अस्पताल प्रशासनलाई बिक्रि भएको औषधीको ३ प्रतिशत रकम दिनेगरेको साझाको फार्मेसी सञ्चालक कृष्णराज दाहाल स्वीकार गर्नूभयो । सबै औषधीमा १४ प्रतिशत मुनाफा लिने दाबी गरेकोमा पा“च प्रतिशत बिरामीलाई छुट, ३ प्रतिशत अस्पताललाई बुझाएर बा“की रहेको ६ प्रतिशतबाट कर्मचारी व्यवस्थापन गर्दै आएको साझाले जनाएको छ । अस्पताल हाता भित्रको साझाले दैनिक १२ हजार सम्मको औषधी बिक्रि हु“दै आएको जनाएको छ ।
अस्पताल प्रशासनले फार्मेसी सञ्चालनका लागि तयारी भइरहेकोले यहि पुष मसान्त भित्र सञ्चालनमा ल्याउन सकिने जनाएको भएपनि अहीले सम्म साझाले नै विरामीहरुलाई औषधि विक्रि वितरण गर्दै आएको हो ।