ताजा अपडेट :

ईलाका ८ मा सडकका योजना बढि

ईलाका ८ मा सडकका योजना बढि
पर्वत, ६ माघ
पर्वतको ईलाका नम्बर ८ को ईलाकास्तरिय गोष्ठिमा वढि मात्रामा सडक निर्माण र मर्मतका योजना छानौट भएका छन् । पर्वतको पाङराङमा ईलाका नम्बर ८ को ईलाकास्तरिय गोष्ठि पनि वुधबार सम्पन्न भएको छ । ईलाका नम्बर ८ मा पर्ने पाङराङ,कुर्घा, वाच्छा र भोक्सिङ गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ । धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । वाच्छा गाविसका सचिव सुमन गौँडेल, पाङराङ गाविसका सामाजिक परिचालक सुरज क्षेत्री, कुर्घा गाविसका सचिव जयवहादुर श्रेष्ठ र भोक्सिङ गाविसका सचिव कृष्णप्रसाद रिजालले गाउँ परिषद मार्फत पुरा नभएका योजनाहरु जिल्ला र केन्द्रमा सिफारिस गर्न पेश गरेका थिए ।सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका सामाजिक परिचालन अधिकृत प्रकाश लम्सालले योजना छनौटमा सहजीकरण गरेका थिए । उनले दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरे ।४ वटै गाविसका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्तरका नेताहरु, विभिन्न सञ्जालका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह