ताजा अपडेट :

विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।

विदेशी प्राविधिमा खेती गर्दै  फर्से धाईरिङका कृषक  दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।
पर्वत, ६ माघ
उत्पादनको ग्यारेन्टी , सुरक्षीत फल तथा  प्रतिकुल मौसममा तरकारी उत्पादन गर्न सकीने  हाइटेक पद्धती फर्से धाईरिङका किसानहरुले भित्राएका  छन ।उनिहरुले वालि चक्र मिलाएर तरकारी लगाएमा  जुन सुकै मौसममा पनि उत्पादन गर्न सकीने  बताएका हुन । कुल तीन लाख लागतमा  भित्रलाईएको   ईजरायली पद्धती मार्फत खेती गर्न लागको स्थानीय  टिकाराम सापकोटाले बताउनु भयो । सापकोटाले विदेशी प्रविधि  मार्फत खेती गर्दा राम्रो आम्दानी लिन सकीने बताउँदै नेटको उपयोग गरेर प्राविधि धारको खेतीमा लागेको जनाउँनु भयो  ।  विदेशी प्रविधिले खेती वाली गर्दा जिल्लाका प्राविधिक सल्लाहमा कमी भएको सुनाउँदै  विदेश  पुगेका साथीहरुको सामाजीक सञ्चालको सम्पर्कमा सल्लाह लिएर हाईटेक पदतीमा खेती गर्दै आएको सापकोटाले बताउनुभयो ।१५ रोपनी क्षेत्रफलमा तरकारी खैती गरीरहेका धौलागिरी  व्यवसायीक सामुहीक तरकारीफर्मका पछिल्लो वर्ष विदेशी पद्धती भित्रिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक राम कृष्ण अर्यालले  सिनीयरले विदेशी तालिमको सुविधा लिँदा प्रत्यक्ष कृषकसँग रहेर ईलाका स्तरका प्राविधिकले विदेशी प्रविधिको दक्षता हाँसील नगरेको  बताउनु भयो ।  विषेशत नेपालमा  व्यवसायीक खती प्रणालिको विकास  नभईसकेको  र पहाडी जमीन प्राविधि युक्त नभएका कारण पनि विदेशी प्रविधि जिल्लमा नआईपुगेको कार्यालयले बताएकोछ । केही सकृया कृषकले प्रविधिमा चासो देखाएको भएपनि  जमीनको चक्ला बन्दीको अभाव पहाडी जमीन रहेका कारण सबै विदेशी प्राविधि लागु गराउन नसकीएको कार्यालयले बताएको हो ।

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह