ताजा अपडेट :

ढुङ्गाले लागेर बालकको मृत्यु

ढुङ्गाले लागेर बालकको मृत्यु
म्याग्दी, १८ असोज
म्याग्दीको बिममा सोमबार दिउँसो सडक माथिबाट खसेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ ।     सडकको छेउमा बसेको अवस्थामा ढुङ्गाले लागेर करिब पाँच सय मिटर तल खस्दा बिम ४ का अन्दाजी १० वर्षिय सचिन भट्टराईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।

दरवाङ–अर्गला सडक अन्तरगत सो स्थानमा सडक फराकीलो बनाउने र मर्मत कार्य भैरहेको थियो । सडकको डिलमा बसेर मर्मत कार्य अवलोकन गर्न गएका उनलाई माथिबाट खसेको ढुङ्गाले लागेपछि भिरबाट खसेका थिए ।    अनुसन्धानका  लागि ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरिक्षक उपेन्द्र पुरुष तिमिल्सीनाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।  

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह