ताजा अपडेट :

पर्वतको तिलाहारका ५७ वर्षिय एक व्यक्ति मृत अवस्थामा फेला, मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने अनुमान

पर्वतको तिलाहारका ५७ वर्षिय एक व्यक्ति मृत अवस्थामा फेला, मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने अनुमान

पर्वत,१८ असोज
पर्वत जिल्लाको तिलाहार गाविस ६ का  ५७  वर्षिय शम्भुजंग लामिछाने मृतअवस्थामा भेटिएका छन् ।सोहि गाविसको वडा नंं. ६ स्थित धारपाखे खरबारीमा मृत अवस्थामा सोमवार विहान भेटिएका हुन् । मृतअवस्थामा भेटिएका लामिछानेको शब पोष्ट मार्टमको लागी जिल्ला स्वास्थ्य अस्पताल पर्वतमा ल्याईएको छ  ।

निज लामिछाने विगतका दिनहरुमा मादक पदार्थ सेवन गरी हिडडुल गर्ने गरेको र आज वाटोमा हिड्ने क्रममा लडी मृत्यु भएको भन्ने घटनास्थलवाट वुझिन आएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिएका छन् ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह