ताजा अपडेट :

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर प्रशारण लाईनको खुर्कोट स्थित सवस्टेशनको निर्माणकार्य शुरु,

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर प्रशारण लाईनको खुर्कोट स्थित सवस्टेशनको निर्माणकार्य शुरु,
पर्वत, १६ असोज
पर्वत, म्याग्दी र मुस्ताङ्गमा निर्माणधिन जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम शुरु भएको छ । आयोजनाकोे  २२० केभी क्षमताको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना खण्डको काम शनिबार देखि शुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोट स्थित २२०÷१३२÷३३ केभी सबस्टेशनको निर्माणकार्य औपचारिक रुपमा शुरु भएको आयोजनाले जनाएको छ ।


पर्वतको कुश्मा नगरपालिका ४ खुर्कोट स्थापना हुने सवस्टेशनको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलन्यास गर्नभएको छ ।  आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोट देखि म्याग्दीको दाना खण्ड ३९ किलोमिटर  लामो हुने छ ।  बिद्युत  प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभएको छ ।   एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाको खुर्कोट – कुस्मा खण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी शुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताउनुभयो ।


आयोजनाको खुर्कोट –दाना प्रसारण लाईन तथा खुर्कोट र दाना सबस्टेशनको कामको ठेक्का भारतीय कम्पनी  टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । आयोजना  र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । खुर्कोट देखि दाना सम्म १ सय १० वटा टावर रहने छन ।


म्याग्दीमा निर्माणाधिन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, ४  मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १ सय ५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि पनि सबस्टेशनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।


खुर्कोट देखि पर्वत, स्याङ्गजा, पाल्पा र रुपन्देही सम्मको प्रसारणलाईनका लागि जग्गा अधिग्रहणको प्रकृया शुरु भएको उनले बताए ।  कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह