ताजा अपडेट :

युनाईटेड मोदी हाइड्रोपावरमा माग भन्दा १५ गुणा बढी आबेदन

युनाईटेड मोदी हाइड्रोपावरमा माग भन्दा १५ गुणा बढी आबेदन
 पर्वत, १६ असोज
मोदीखोलामा दुई वटा जलबिद्युत आयोजनाको प्रर्बद्धन गरेको निजी क्षेत्रको युनाईटेड मेदी हाइड्रोपावर लिमिटेडले जिल्लाबासीका लागि खुल्ला गरेको साधारण सेयरमा माग भन्दा १५ गुणा बढी आबेदन परेको छ । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लाका बासिन्दालाई मात्रै लक्षित गरि ११ लाख ५० हजार कित्ता सेयर खुल्ला गरेकोमा १ अर्ब ७३ करोड कित्ता शेयर आबेदन परेको हो ।


युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले दिएको जानकारी जम्मा ११ करोड ५० लाख रुपैयाको शेयर आबेदन भएकोमा १ अर्ब ७३ करोड आबेदन संकलन भएको छ।  आबेदन परेका सेयरको अहिले पुनरावलोकनको काम भैरहेको छ ।  १ सय दरका ११ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि गत भदौ २८ देखि असोज ९ सम्म १५ दिनका लागि आवेदन खुला गरेको थियो । ‘हामीले अनुमान गरेभन्दा धेरै सेयर आबेदन भएको छ’ कम्पनीका प्रबन्ध निर्देशक सुधिर तिमिल्सीनाले भने –‘एउटा जिल्लाका लागि मात्रै आबेदन गरेको सेयरमा यो उत्साहजनक सहभागिता हो’   ।
 
पर्वत जिल्लाबासीमा युनाईटेड मोदी हाइड्रोपावरले कहिले आवेदन खुल्ला गर्छ भन्ने उत्सुकता पहिले देपिख नै भएकोले पनि आबेदन धेरै परेको अनुमान गरिएको छ। पर्वत जिल्लाका लागि मात्रै आबेदन गरिएकोमा पनि यति धेरै आवेदन पर्नु र कम्पनीलाई बिश्वास गरेको प्रबन्ध निर्देशक तिमिल्सीनाको भनाई छ । उनले भने  ‘जिल्लाबासीले हामीलाई धेरै बिश्वास देखाउनुभएको छ’ आवेदन  दैनिक रुपमा हजारौ जना आवेदक आएका कारण भीड थाम्नै गाह्रो भएको थियो । आवेदनको अन्तिम दिन देब बिकास बैंकले राती १ बजे सम्म पनि आबेदन लिएको थियो ।

आवेदन गरिएको सेयर तिहार सम्ममा बाँडफाँड गरि सकिने कम्पनीले जनाएको छ। गाउँबाट भरिएका फर्महरु संकलन गर्न र त्यसलाई मिलाउन समय लागेपनि ४५ दिन भित्र सबै काम सक्ने प्रबन्ध निर्देशक तिमिल्सीनाले जानकारी दिए। धितोपत्र बोर्ड र एनआईबिलले यसको कामको जिम्मा लिएका छन ।

अहिले खुला गरिएको सेयर युनाइटेड मोदी हाइड्रोपावर कम्पनीसँगै नयाँ बन्न लागेको तल्लो मोदी जलविद्युत् आयोजनासमेतका लागि हिस्सेदार हुने कम्पनीले जनाएको छ । निर्माणको तयारी भएको साढे १० मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्युत् आयोजना सहित युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले  सर्वसाधारणलाई सेयर खुला थियो  ।युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आउँदो मंसिरदेखि मोदीखोलामा साढे १० मेगावाटको दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यसअघि २०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ को उपलब्धिसँगै वातावरणीय प्रभाव मूल्यांकन सुरु गरेको कम्पनीले भौगोलिक अध्ययन सकेर पहिलो आयोजना नजिकैबाट दोस्रो आयोजना सुरु गर्न लागेको जनाएको छ ।  दोस्रो आयोजनाका लागि सम्पूर्ण तयारी सकेर सर्वसाधारणसँग लगानीका लागि सेयर बिक्री गरेको हो ।

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह