कुश्मामा यात्रु सहायता कक्ष स्थापना
कुश्मामा यात्रु सहायता कक्ष स्थापना
पर्वत, १६ असोज
चाडवाड नजिकिदै जाँदा सवारी साधनमा यात्रुहरुको असुविधालाई मध्यनजर गर्दै पर्वत सदरमुकाम कुश्माबजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । कुश्माबजारस्थित शिवालयचोकमा शनिवार विहानदेखि सहायता कक्ष स्थापना गरिएको हो । चाडवाडको आवागमनसँगै सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्रुहरु ठगिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यासायीका प्रतिनिधिहरु रहने भएका छन् । क्षमता भन्दा बढि यात्रुहरु सवारी साधनमा चढाए, यात्रुहरुबाट बढि भाडा लिएमा, यात्रुका कुनै सामानहरु हराएमा वा अन्य कुनै अन्यायमा परेमा तत्काल यात्रु सहायता कक्षमा आएर उजुरी दिन सक्ने भएका छन् । उक्त नागरिक सहायता केन्द्र घटनास्थापनादेखि दिपावली सम्म रहने भएको छ ।
पोखरा बागलुङ सडक र ग्रामीण क्षेत्रमा संचालन हुने सवारीका साधनहरुमा व्यावसायीहरुले गर्ने अनियमितता बिरुद्ध तत्काल कारवाहि गर्नका लागि उक्त सहायता कक्षको ठुलो भूमिका रहने भएको छ । पर्वत सदरमुकाम हुँदै दैनिकजसो झण्डै एक हजार भन्दा बढि सवारी साधनहरु आवतजावत गर्दै आएका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह�"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"