ताजा अपडेट :

शान्ति समाजको साधारणसभा

शान्ति समाजको साधारणसभा
म्याग्दी, १६ असोज
मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको १४ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । मानवअधिकार, शान्ति, अहिंसा र सहिसुष्णता प्रर्वद्धनमा क्रियाशिल समाजको साधारणसभाका बक्ताहरुले संबिधान कार्यान्वयनका लागि नागरीक दवाव आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

    नेपाल बार एशोसियसन जिल्ला शाखा म्याग्दीका सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काले लोकतन्त्र स्थापनाका लागि एकजुट भएका नागरीक आन्दोलनका अगुवाहरु संबिधान कार्यान्वयन र अधिकार स्थापित गराउने अभियानमा जुट्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
    समाजका केन्द्रिय उपसभापति राम्जीप्रसाद सुवेदीले दिगो शान्तिका लागि संस्थाले शुषासन र पारदर्शीतालाई जोड दिने बताउनुभयो । राजनितिक दलहरुको तर्फबाट नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संस्थाको समयमै कार्यक्रम सुरु गर्ने र अनुदान नलिने अवधारणा सहनीय भएको बताउनुभयो ।

    शाखा सभापति मुक्तिप्रसाद ढुङ्गानाको अध्यक्षता, उपसभापति ठाकुरप्रसाद शर्माको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाले सचिवको प्रगति र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । कोषाध्यक्ष मनकुमारी बिकले दिनुभएको राजिनामा स्विकृत गर्दै सो पदमा सदस्य अस्मिता शर्मा र सदस्यमा शिवप्रसाद पौडेललाई मनोनित गरेको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह