ताजा अपडेट :

गाँजा फडानीमा पनि सक्रियता

गाँजा फडानीमा पनि  सक्रियता
पर्वत १५ असोज
जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतका गाउँगाउँमा गाँजा फडानी कार्यलाई तीब्र बनाएको छ। सदरमुकाम कुस्मा र वरपर मात्रै नभई दुर्गम गाउँमा समेत आफै उम्रने र खेती समेत गर्न थालिएपछि प्रहरीले आफ्ना युनिटलाई यति बेला गाँजा फडानीमा केन्द्रित गरेको छ।
प्रहरीले केही दिन यता  पर्वतका विभिन्न गाउँबाट करिव ९ हजार गाँजाका बोट नष्ट गरेको छ । पूर्ण व्यवसायिक रुपमा पर्वतका कुनै पनि गाउँमा गाँजाको खेती नगरिएपनि गाउँमा अर्ध व्यवसायका रुपमा फस्टाउँदै गरेका गाँजा नष्ट गरेको बताएको छ। चालु आर्थिक बर्षको शुरुदेखि हालसम्म प्रहरीले ८ हजार ९ सय ५० गाँजाका बोट नष्ट गरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले मातहतका प्रहरी पोष्टलाई परिचालन गरी उक्त गाँजा नष्ट गरिएको प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
सामाजिक रुपमा विकृति फैलिँदै गएपछि गाँजा नियन्त्रण अभियानलाई प्राथमिकता दिइएको विष्टले बताए । पछिल्लो समयमा विभिन्न बजार क्षेत्रका कुलतमा फसेका युवाहरु गाउँ गाउँमा पुगेर गाँजा किन्ने र झनै कुलतको दलदलमा फस्ने गरेको पाइएकाले नियन्त्रण गर्न अभियान थालिएको उनले बताए ।

प्रमुख समाचार

भिडियो संग्रह