ताजा अपडेट :

दक्षिण पर्वतमा बजार अनुगमन तिब्र

दक्षिण पर्वतमा बजार अनुगमन तिब्र
    पर्वत असोज १४

नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा दक्षिण पर्वतका विभिन्न गाविसमा अवस्थित बजार अनुगमन गरिएको छ ।

हुवास गाविस स्थित हातेमालोचोक बजार र त्रिवेणीमा रहेको अर्थुन बजार अनुगमन गरिएको हो । चाडवाडको समयमा बजारमा कालोबजारी बढ्नुका साथै म्याद नाघेका खाद्यबस्तुहरु विक्रि भैरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको हो ।  इलाका प्रशासन कार्यालय हुवास, इलाका प्रहरी कार्यालय  र स्थानीय व्यावसायी, सामुदायिक  सेवा समाज लगायतको उपस्थितिमा बजार अनुगमन गरिएकोे हो ।
अनुगमनका क्रममा किराना, नास्ता, मदिरा, फेन्सी, श्रृङ्गार, हार्डवेयर,  औषधि पसलमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालय हुवासका प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका गुल्कोज, हरलिक्सद्ध, सुजी, भुजिया, अडहरको दाल, भेस्लीन, जिरा पाउडर, पेय पदार्थ, अचारको प्याकेट, विस्कुट, खानेतेल, मसला  १० हजार भन्दा बढि मुल्यका बस्तुहरु बराम गरि नष्ट गरिएको सापकोटाले जानकारी दिनुभयो ।
अनुमगनपछि म्याद नाघेका सामान विक्री वितरण नगर्न, विल विजक जारी गर्न, साईनबोर्ड राख्न र मुल्य सुची राख्न, जथाभावी सूर्तिजन्य पदार्थ नबेच्न र लेबल नभएको सामान विक्री नगर्न, मिठाई अखाद्य पदार्थ र रंगको मिसावट नगर्न, पसल दर्ता र नविकरण गर्न, खाद्यान्न र विषादीयुक्त चीजहरु अलग अलग राखी विक्री गर्न निर्देशन दिईएको सापकोटाले बताउभयो ।  यस अघि हुवास स्थित हातेमालो चोकका पनि विभिन्न पसलमा अनुगमन गरिएको थियो ।
ग्रामीण भेगका पसलहरु बिना दर्ता संचालन हुने र म्याद नाघेका बस्तुहरु बढि पाईने भएकाले त्यस्ता व्यावसायीलाई सचेत गराइएको बताइएको छ ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह