ताजा अपडेट :

सडक कालोपत्रे र स्तरउन्नतीको काम शुरु ।।

पुुष १९,पर्वत
पर्वतको मुडिकुवा खानीगाउँ लुङखु देउराली सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । पर्वतको क्षेत्र नम्बर नम्बर २ मा पर्ने यो सडक नेपाल सरकारको स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा कालोपत्रे हुन लागेको हो । पहिलो चरणमा ६ दशमलव ७ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । २०७४ साल असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला ईञ्जिनियर महेन्द्रबहादुर वानीयाँले जानकारी दिनुभयो । उक्त सडक खण्डका लागी १४ करोड २१ लाख १ हजारमा टेण्डर आब्हान भएपनि प्रतिष्पर्धामा झण्डै २८ प्रतिशत घटिघटाउ गर्दा १० करोड २४ लाखमा औएसिस कम्पनीले निर्माणको जिम्मा लिएको हो । मुडिकुवा गाविसको माटेदेवल जनसहयोगी उच्च माविदेखी लमाएखोला सम्म पहिलो चरणमा कालोपत्रे हुने जनाइएको छ । सडकमा ५ वटा कल्भर्ट, ११ वटा कजवे, ४ हजार ४ सय ५६ घनमिटर जाली र ४ सय ५६ घनमिटर सिमेण्टको पर्खाल निर्माण हुने प्रमुख जिल्ला ईञ्जिनियर वानीयाले बताउनुभयो । सबै परिस्थिती अनुकुल भएमा तोकिएकै समयमा काम सम्पन्न गरिने उहाँको भनाई छ । उता बहुचर्चित कालीगण्डकी लोकमार्गमा पर्ने २६ किलोमिटर सडकको स्तरउन्नतीको काम पनि शुरु भएको छ । चीन र भारत जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गतको सेतीवेणी–फलेवास–मोदीवेणी–कुश्मा खण्डको काम धमाधम अगाडी बढाइएको हो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह