ताजा अपडेट :

मृगौला रोगीलाई करिब डेढ लाख सहयोग

मृगौला रोगीलाई करिब डेढ लाख सहयोग
असोज १२ म्याग्दी
म्याग्दीको बिम ९ का मृगौला रोगी कुमार पुनको उपचारका लागि करिब डेढ लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।
    हाल अस्टे«लियामा रहनुभएकी ताकम ९ कफलडाँडाकी जुलि फगामीको पहलमा एक लाख २८ हजार पाँच सय रुपैया सहयोग प्राप्त भएको छ । पुनको उपचारका लागि बरंजा घर भई हाल काठमाडौ बस्नुहुने कमला श्रीसमगरले थप दश हजार र ताकम घारापानीका अर्जुन थापाले चार हजार रुपैया सहयोग गर्नुभएको छ ।

    अस्टे«लीयामा फगामीले संकलन गरेर पठाउनुभएको, काठमाडौमा श्रीस र थापाले उपलब्ध गराउनुभएको एकमुष्ठ एक लाख ४२ हजार पाँच सय रुपैया पुनलाई उपलब्ध गराइएको समन्वयकर्ता नेकपा माओवादी केन्द्रका नेता पुस्कर बिकले जानकारी दिनुभयो ।
    भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा समन्वयकर्ता बिक, सहयोगदाता श्रीस, थापाको साथै हाल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत वाईसीएलका केन्द्रिय सदस्य पुनम खड्का र नेता सुवास बिकले पुनलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।     

    ३२ वर्षिय पुनको दुवै मृगौलाले काम गर्न छाडेपछि विगत डेढ महिनादेखि डायलाईसीस गराई रहनु भएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्था भएकाले मृगौला प्रत्यारोपण गर्न सहयोग संकलन अभियान सञ्चालन गरिएको छ ।

    पुनको उपचारका लागि यसअघि बिमवाङ युथ कल्वले बिम ८ र ९ मा घरदैलो मार्फत ७६ हजार रुपैया संकलन गरेर उपलब्ध गराएको थियो । यसैगरी बिम घर भई हाल जापानमा कार्यरत सालीन बिक र उहाँकी श्रीमती निशाले पचास हजार रुपैया सहयोग गर्नुभएको थियो ।

    बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पनि पुनको उपचारका लागि सहयोगको अपिल सहित अभियान सञ्चालन गरेको छ । पुनको जिवनरक्षाका लागि बिम गाउँका बासिन्दा, बिम घर भई पोखरा, काठमाडौ, बेनी लगायतका ठाउँमा बसोबास गर्ने र बिदेशमा रहेका बिमका बासिन्दाहरुले पहल गरेका छन् ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह