ताजा अपडेट :

मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ‘बृज पार्क’ निर्माण शुरु

मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ‘बृज पार्क’ निर्माण शुरु
असोज १२ पर्वत
अग्ला पुलहरुको जिल्लाको नामले परिचित बन्दै गएको पर्वत सदरमुकाम कुश्माबजार नजिकै  रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा बृजपार्क निर्माण कार्य शुरु भएको छ ।
        ३७ औ पर्यटन दिवसको अवसरमा उक्त पार्कको शिलन्यास गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले मंगलवार विहान एक कार्यक्रमका बीच पार्कको शिलन्यास गर्नुभएको  हो । पुल अवलोकनका लागि दैनिकजसो आउने सयौको संख्याका पर्यटकहरुलाई केहि समय विश्राम गर्ने र पुलसम्वन्धी अबलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठि जस्ता कार्यक्रमहरु समेत संचालन गर्न सहज होस् भन्ने उद्धेश्यले बृज पार्कको निर्माण गर्न लागिएको हो ।

        नेपाल पर्यटन बोर्ड पोखरा, जिल्ला विकास समिति पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृजपार्कको निर्माणकार्य अघि बढाईने भएको छ । उक्त पार्कभित्र विभिन्न मनोरम दृश्यहरु, बस्नक लागि कटेजहरु तथा कार्यक्रम गर्नका लागि हल, शौचलय तथा मनोरञ्जनात्मक दृष्य हरु निर्माण गरिने भएको छ । उर्जाखोलाको रुपमा परिचित मोदीखोल र पुल सँगै हेर्न र दृष्यहरु लिन मिल्नेगरी डिलमा रेलिङ्गहरु समेत निर्माण गरिने भएको छ ।

        उक्त पार्क निर्माणका लागि झण्डै २५ लाख लाग्ने अनुमान गरिएको छ । पर्यटन वोर्डले पहिलो चरणमा ३ लाख रुपैया भुक्तानी दिएको थियो । एक वर्ष भित्र सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढाइएको पर्वतपर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेलले जानकारी दिनुभयो ।
        पुर्वाधारको अभावमा जिल्लामा भित्रिने पर्यटकहरु लामो समय टिक्न नसकेको भन्ने गुनासो आइरहेका बेला जिल्लाको पहिलो अग्लो पुलमा उक्त पार्क निर्माण गर्न लागिएको केन्द्रका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।


        उक्त पार्क निर्माण भएपछि पुल अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज हुने भएको छ । यस अघि पुलको कुश्मातिरको बायाँतर्फ सिसेफ नेपाल नामक संस्थाले पार्ककको रुपमा विकास गर्न खोजेपनि त्यति व्यवस्थित हुन नसकेपछि दाँयातर्फ पुन व्यवस्थित पार्क निर्माण गर्न थालिएको केन्द्रका सचिब ठाकुरबी पौडेलले जानकारी दिनुभयो । उक्त पार्क निर्माण कार्यलाई समयमै सम्पन्न गर्नेगरी अघि बढेका छौ उहाँले भन्नुभयो ।
    त्यस्तै मुलुककै अर्को अग्लो पुल वडागाउँ–कैया झोलुङ्गे पुलको कुश्मातर्फको भागमा पनि यस्तै पार्क निर्माण गर्नका लागि आवश्यक पहल गर्न सम्वन्धित सामुदायिक बन र जिल्ला वन कार्यालयल अघि बढेको छ ।


        पार्कको शिलन्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पर्वत जिल्ला पर्यटन विकासको दृष्टिले थुप्रै सम्भावना भएको भएपनि यसको उचित प्रचार प्रसार र प्रवद्र्धनको अभावले आन्तरिक तथा बाह्य पर्यटकहरु अपेक्षित मात्रामा भित्रिन नसकेको बताउनुभयो । उहाँले राष्टिूय तथा अन्तर्राष्टिूय स्तरसम्म यहाँका पर्यटकीय केन्द्रहरुको प्रचार प्रसार गर्न सके बार्षिक हजारौ पर्यटक भित्र्याउन सकिने उहाँको भनाई छ ।
        स्थानिय विकास अधिकारी युवराज पौडेलले पछिल्लो समयमा जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना नै निर्माण गरेर अघि बढिरहेको बताउँदै पर्यटकीय आकर्षका केन्द्रहरुको विकास र भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय जिल्ला विकास समिति र अन्य सरोकारवालाहरुबाट पनि पर्यटन क्षेत्रको विकासमा चासो बढेको बताउनुभयो ।

    पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले पर्यटनको क्षेत्रमा आएको बजेट साना तिना आयोजनाहरुमा खर्चिएकाले परिणाम दिने गरि विकास हुन नसकेको बताउनुभयो । उहाँले दिर्घकालीन विकास हुने खालका योजनाहरुमा बजेट बिनियोजन गर्न पनि आग्रह गर्नुभयो ।
        पर्वतमै अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य पनि झण्डै ८० प्रतिशत पुरा भएको छ । अग्ला पुल बाहेक निजि क्षेत्रवाट निर्माण भएको कुश्मा(बलेवा यान्त्रिक पुल, प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, मोदीवेण्ी, हम्पाल, पञ्चासे, डहरे, गोर्लाङको लेक, विश्वकै ठुलो शालिग्राम शिला, कालीगण्डकीमा जलयात्रा जस्ता स्थानहरु पर्वतमा मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएक छन् ।


    कार्यक्रममा क्रान्तिकारी माओवादीका संयोजक तेजेन्द्र पौडेलले पनि बोलेका थिए । सो अवसरमा जिल्लाको पर्यटनको अवस्थाका बारेमा जिल्ला विकास समितिका पर्यटन फोकल पर्सन चन्द्रबहादुर क्षेत्रीले जानकारी गराएका थिए । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब ठाकुरवि पौडेलले गरेका थिए । े

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह