ताजा अपडेट :

देशको समस्या चाँडै साधान हुने काग्रेस सभापति  कोईरालाको भनाई ।।

पौष १७,पर्वत
नेपाली काग्रेसका सभापति शुसिल कोईरालाले अहिले देशमा देखिएको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । पर्वतको वडागाउँ देखी मुडिकुवा गाविसको सिर्सुवामा जोडिने नेपालकै अग्लो झोलुङ्गेपुलको शिलन्यास गर्दै कोईरालाले मधेशमा देखिएको समस्या समाधान भएपछि भारतको नाकाबन्दि पनि खोल्ने बताउनुभयो । उहाँले मधेशी दलहरुलाई सहमतीमा ल्याउन सबै दलहरु प्रयत्नरत रहेको र यसमा काँग्रेस अझै महत्वपूर्ण भुमिका खेलेको दावी गर्नुभयो । विगतको बिषम परिस्थितीमा वार्ताले सहमती खोजिएको स्मरण गर्दै कोईरालाले वार्ताबाट सहमती खोज्न छोडेर कोहि पनि अगाडी जान नसक्ने बताउनुभयो । राष्टियता र स्वधिनताका बारेमा भने कुनै पनि हालतमा नझुक्ने कोईरालाको भनाई थियो । कोईरालाले काँग्रेसको १३ औँ महाधिबेशनको सन्दर्भमा पर्वतका काँग्रेसी नेताहरुसंग भेटघाट गर्दै आफुले काँग्रेसलाई एकढिक्का बनाएर लैजाने बताउनुभएको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह