ताजा अपडेट :

मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै

मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै

असोज ११ मुस्ताङ
नेपालीहरुको महान पर्व वडादशै र तिहारलाई लक्षित गरि हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङग्रा बाहिरिने भएका छन् ।
जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार संख्यामा भेडा च्याङग्रा बाहिरिने भएका हुन् ।
प्रत्येक वर्ष दशै तिहारको अघि जस्तै यस बर्ष पनि दशै“ तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङग्रा बहिरिएका हुन । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा काठमाण्डौ, तनहुँ लगायतका जिल्लामा भेडा च्याङग्रा विक्रि हुने गरेका छन् ।


हिमाली भेगमा हुर्केका भेडा च्याङग्राको मासु स्वादिलो  हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजारसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिए ।  ती मध्ये ३० हजार भन्दा बढि च्याङ्ग्रा रहेका छन् भने झण्डै १५ हजारको संख्यामा भेडा रहेका छन् । उपभोक्ताहरुले भेडा भन्दा च्याङ्ग्राकै माग बढि गर्ने भएकाले च्याङ्ग्राको संख्या बढि भएको हो ।
विगतका बर्षहरुमा तिब्बतबाट समेत भेडा, च्याङग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताए । गत बर्षको तुलनामा यस बर्ष भेडा च्याङग्राको मूल्यमा समेत बृद्धि भएको छ । गत बर्ष १५ हजारमा च्याङग्रा विक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारिहरुले मुस्ताङमै २० हजारमा विक्रि गर्दै आएका छन् ।

 

जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार ४५ हजार भेडाच्याङ्ग्रा निकासीका लागि उनिहरुको स्वास्थ्य परिक्षण समेत भैरहेको छ । जिल्लाका विभिन्न गाविसका कृषकले पालेका भेडाच्याङ्ग्राको गोठमै पुगेर वा विभिन्न पशु सेवा कार्यालयमार्फत स्वास्थ्य परिक्षण गरिएको कार्यालय प्रमुख बर्माले जानकारी दिए ।
सोह्रश्राद्ध सकिनै लाग्दा विभिन्न जिल्लाबाट भेडा च्याङग्रा खरिदका लागि मुस्ताङ पुग्ने व्यापारीहरुको सख्या समेत बढ्दै गएको छ । म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायतका जिल्लाबाट व्यापारिहरु मुस्ताङ पुगेका हुन् ।
वर्षेनी वडादशैका लागि चीनबाट समेत आउने भेडा च्याङग्रा यसपटक आउन नसकेपछि  अभाब हुने  देखिएको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह