ताजा अपडेट :

वराचौर गाविसलाई लागु औषध मुक्त क्षेत्र बनाउने अभियान

वराचौर गाविसलाई लागु औषध मुक्त क्षेत्र बनाउने अभियान
    असोज १०पर्वत

यहाँको एक गाउँलाई लागुऔषध मुक्त क्षेत्र बनाउने अभियान थालिएको छ । पर्वतको वराचौर गाविसलाई लागु औषध मुक्त क्षेत्र बनाउने अभियानमा स्थानिय युवा क्लव, ईलाका प्रहरी कार्यालय र विभिन्न महिला समुह सक्रिय भएका छन् । सो अभियान अन्र्तगत आज वराचौर गाविसका ७, ८ र ९ नम्वर वडामा रहेका करिव एक सय गाँजाका वोट नष्ट गरिएको छ ।
     लामो समयदेखी वराचौर गाविसमा सामजिक चेतना विस्तारका लागि काम गरिरहेको कालीगण्डकी युवा क्लव, ईलाका प्रहरी कार्यालय रानीपानी र विभिन्न आमा समूहको सहयोगमा वराचौर गाविसलाई नमूना क्षेत्र बनाउने अभियान शुरु गरेको हो ।
     बराचौर गाविसमा लागु औषधले समाजमा विकृती फैलाएको जनगुनासो बढेपछि यो अभियान थालिएको कालीगण्डकी युवा क्लवका अध्यक्ष कुलवहादुर घिताङले जानकारी दिनुभयो । क्लवले वराचौर गाविसमा जाँडरक्सी रोक्ने अभियान समेत शुरु गर्ने क्लवका अध्यक्ष घिताङ भनाई छ । यो अभियानलाई सफल बनाउन वराचौर गाविसका सम्पूर्ण राजनितिक दल, संघ–संस्थाका प्रतिनिधी सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले लागु औषध दुव्यर्सन विरुद्ध सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
     गाविसमा प्रमुख समस्याका रुपमा रहेको लागु औषध सेवन तथा ओसारप्रसारलाई निरुत्साही पार्न अभियान संचालन गरिएको हो । अभियान अन्र्तगत क्लवले गाविसका विभिन्न स्थानमा जनचेतना साथै लागु औषध विरुद्ध विभिन्न गतिविधि संचालन गर्ने जनाएको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह