ताजा अपडेट :

देउराली गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम

देउराली गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम


देउराली गाउं विकास समितिले नागरिकहरुका गुनासाहरुको सम्वोधन गर्ने र सुधारको योजना निर्माण गर्ने अभिप्रायले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

 गाविस कार्यालयबाट आयोजित कार्यक्रममा महिला, दलित, जनजाति तथा कृषकहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । जिज्ञासाहरुको जवाफ दिंदै गाविस सचिव कृष्ण प्रसाद रिजाल तथा राजनीतिक दलका प्रतिनिधीहरुले आगामी दिनमा नागरिकहरुको आवश्यकता र समस्याको ख्याल गरेर मात्र योजना तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । गत आर्थिक वर्षमा उपभोक्ता समितिहरुले समयमा पेश्की लिएर समयमै काम सम्पन्न गर्न नसक्दा समस्या आएको भन्दै आगामी दिनमा समयमै काम सम्पन्न गर्न गाविस सचिवले नागरिकहरुलाई अनुरोध गरेका थिए ।


 कार्यक्रममा युवाहरुले गाविसको तर्फबाट युवाहरुको उपेक्षा गर्ने गरिएको भन्दै युवाहरुको क्षमता विकासमा समेत बजेट विनियोजन गर्न माग गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका कृष्ण गुरुङ, नेकपा एमालेका होम बहादुर पुन, माओवादी केन्द्रका टेक बहादुर पुन लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सीड नेपाल तथा ँम्ःऋ कन्सलटेन्सीले गरेका थिए ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह