ताजा अपडेट :

थापाठाना पर्वतको पहिलो सरसफाईयुक्त नमूना गाउँ ।।

पौष १७,पर्वत
पर्वतको थापाठाना गाविसलाई पर्वत जिल्लाकै पहिलो आनीबानी परिवर्तन सहितको पूर्ण सरसफाईयुक्त नमूना गा.वि.स. घोषणा गरिएको छ । उचित रुपमा चर्पीको प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीको प्रयोग, सुरक्षित खाना, वातावरणीय सरसफाई तथा घरभित्र र बाहिरको सरसफाई गरी ६ वटा सूचकहरु पूरा गरेपछि कुल ७ सय २१ घरधूरी रहेको थापाठानालाई पूर्ण सरसफाईयुक्त नमूना गाविसका रुपमा घोषणा गरिएको गाविस सचिब पूर्णबहादुर भण्डारीले जानकारी दिनुभयो । सन २०१७ को अन्त्य सम्ममा सफा नेपाल बनाउने सरकारी गुरुयोजना अनुसार गाविसहरुमा पूर्ण सरसफाईका अभियान देशैभरि चलिरहेका छन् । घोषणा कार्यत्रमम पर्वतका साँसदहरु, राजनिितक दलहरु, पत्रकार, सरकारी कार्यालयका प्रमुखहरु उपस्थित थिए । स्थानीयले बाजागाजा, भजनकिर्तन र नाचगान गरेर खुशीयाली मनाएका थिए ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह