ताजा अपडेट :

सहकारी ब्यवस्थापन सम्वन्धी तालीम सम्पन्न

सहकारी ब्यवस्थापन सम्वन्धी तालीम  सम्पन्न
असोज १०पर्वत
डिभिजन सहकारी कार्यालय बागलुङ र संजीवनी बहुदउदेशिय सहकारी संस्था ली. को आयोजनमा पर्वतको देउपुर ९ पातीचौरमा संचालित एक हप्ते सहकारी व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ ।


        विज्ञान र प्रविधिको विकास संगै सहकारीमा आएको विकासले अव आधुनिकी करण तर्फ लाग्नु पर्छ भन्दै हिमाल कफी सहकारी सस्थाका अध्यक्ष याम बहादुर के सीले यस्को ब्यस्थापन गर्न सके देश विकासमा एउटा ईट्टा थप्न सकिने धारणा ब्यक्त गर्नु भयो ।
    सहकारीको आर्थीक हिसाव किताव र यस्को ब्यवस्थापन गर्नका लागि ग्रामिण  क्षेत्रका सहकारीलाई सहज होस भनि ग्रामिण क्षेत्रलाई विशेष प्रथामीतामा राखी आयोजना  गरिएको उक्त तालिममा राम्जा, चुवा, बाजुङ, देउराली, देउपुर, भुकताङले, चित्रे तिलाहार का गरी जम्मा २० वटा सहकारीका २५ जना सदस्यले सहभागिता जनाएका थिए ।


        तालिममा सोमकान्त शर्मा र श्रीराम पौडेलले सहकारी ब्यवस्थाापन संवन्धि तालीम सहजीकरण गरेका थिए । त्यस्तै मिना के सी, राजेन्द्र खड्का, सोमकान्त शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो ।     सञ्जवनि सहकारी संस्थाका अध्यक्ष सागर जि.सी को अध्यक्षतामा भएको सो तालीम समापन कार्यक्रमको संचालन श्रीराम पौडेलले गरेका थिए ।
    सो अवसरमा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह