ताजा अपडेट :

बहाब घटेलगत्तै कालीगण्डकी नदीमा ¥याप्mटिङ गर्ने बढे

बहाब घटेलगत्तै कालीगण्डकी नदीमा ¥याप्mटिङ गर्ने बढे
असोज९,पर्वत

जलयात्रा (¥याफटिङ्ग)को सिजन शुरुभए संगै कालीण्डकी नदीमा  जलयात्राका लागि पर्यटकहरु आउने क्रम शुरु भएको छ । अंग्रेजी महिना सेप्टेम्बरको मध्य देखि अक्टुबरको अन्य सम्म सञ्चालन हुने गरी ¥याफटिङ्ग शुरु भएको हो । वर्षाको समाप्तीसँगै असोजको पहिलो सातादेखि जलयात्रामा पर्यटक आउने क्रम शुरु भएको हो ।
 छोटो र पारिवारीक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको व्यावसायी देव रेग्मीको भनाई छ । लामो, समथर र कम बहाब भएकाले बिदेशी नागरिकहरु अन्य नदीहरु भन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । ¥याफटिङ्गका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक स“गै स्वेदशी पर्यटकको आकर्षण बढ्दै गएको छ ।
    कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समुहमा पर्यटकहरु आउने गरेका छन । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाईमा पार्दै आएकाले पनि पर्यटकहरुको आगमन बढेको रेग्मीको भनाई छ । ‘यो नदीलाई रोजेर पर्यटकहरु बढी नै आउने गरेका छन’ उहाँले भन्नुभयो–‘कालीगण्डकीलाई ¥याफटिङ्गको पहिलो गन्तब्य बन्दै गएको छ’ । पोखरा हुँदै अन्नपुर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकहरु बढ्दै गएको ब्यबसायी बताउँछन् ।  
पर्वतको पाङ गाविस स्थित नया“पुल तथा मालढुंगाबाट शुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाईमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।
बिदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटकहरु नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् । कालीगण्डकीको जलयात्रा बिश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरुको भनाई छ । अमेरिका र अष्ट्रेलिया लगायतका नदीहरुमा हुने जलयात्रा भन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकहरुको आकर्षण बन्न पुगेको हो ।
पर्वतमा ¥याफ्टिङ्ग सञ्चालन गर्ने व्यवसायी नभएकाले छिमेकी शहर पोखराबाट विभिन्न पर्यटन व्यावसायीहरुको सहयोगमा पर्यटकहरु ¥याफिटङ्गका लागि कालीगण्डकी नदीमा आउने गर्दछन् । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु प्रभावित हुने पर्यटन व्यावसायीहरु बताउँछन् । कालीगण्डकीमा जलयात्राका लागि गन्तव्य स्थल बनाउनका लागि केही पूर्वाधारहरुको व्यवस्था गर्न समेत पर्यटन व्यावसायीहरुको आग्रह छ । नदीमा आवश्यक पूर्वाधारको विकास नहुँदा जवरजस्ती गरिएको यात्रा भएकाले कतिपय समयमा जोखिम समेत हुने गरेको र समाधान गराउन राम्रो खालको योजना बनाउनुपर्ने उनीहको भनाई छ ।
पर्यटकका लागि लोकप्रिय बनेको ¥याफटिङ्गका लागि भएका पुर्बाधारहरु बिग्रदै्र जाँदा समस्या आउने गरेको गाईडहरु बताउँछन् । नदीमाथिका संरचना बिगार्ने, जलयात्रा शुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभाबी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको ¥याफ्टिङ गाइड ज्ञानु तिवारी बताउनुहुन्छ । कालीगण्डकी–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरि पर्यटकहरु यात्रा तय गर्ने गरेका छन् । यात्राको क्रममा बस्ने ठाउँहरुमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुंगाहरु नहटाउँदा समस्या आउने गरेकाले हटाईदिनका लागि व्यावसायीहरुको आग्रह छ ।
पछिल्लो समयमा ¥याफ्टिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि पर्वतका पर्यटन व्यवसायी समेत उत्साही देखिएका छन् । ६ महिना अघि तीन दिन सम्मको ¥याफ्टिङ्ग पश्चात् पर्वतका पर्यटन व्यवसायी शिव पौडेलले आफुहरुले पनि ¥याफटिङ्ग सञ्चालन गर्न सक्ने र सहकार्यमा सञ्चालनमा ल्याउने योजना बनाएको बताउनुभयो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह