- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
छ वटा स्थानिय निकाय बनाउने निर्णय दलकै सहमतिमा
छ वटा स्थानिय निकाय बनाउने निर्णय दलकै सहमतिमा
असोज९,पर्वत
पर्वतमा स्थानिय निकायको संख्या ६ वटा बनाउने स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयमोग समितिको निर्णय तीन ठुला राजनैतिक दल कै सहमतिमा भएको रहस्य खुलेको छ ।
राजनैतिक दल संग ७ वटा स्थानिय निकाय बनाउने प्राबिधीक टोलीको निर्णय सार्वजनिक भएपनि प्रमुख दलकै सहमतिमा ६ वटा स्थानिय निकायको सिफारिस गरिएको रहस्य खुलेको हो ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले छ वटा मात्रै स्थानिय निकाय हुने गरी प्रतिबेदन स्थानिय निकाय पुर्नसंरचना सुझाब आयोगमा पठाएको थियो । ‘राजनैतिक दलले बाहिर असहमति जनाएपनि उनीहरुले भित्री रुपमा सहमति जनाएका कारण ६ वटा स्थानिय निकाय बनाउने निर्णय गरिएको हो’ प्राबिधीक समितिका एक सदस्यले भने ‘दलको ग्रिन सिङग्नल नपाए सम्म कसरी हामीले मात्रै पठाउन सक्थ्यौ’ नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा माओबादी –केन्द्र)को जिल्ला अध्यक्ष तहको सहमतिकै आधारमै उक्त निर्णय भएको समितिले जानकारी दिएको छ। तर दलका अन्य नेताहरु भने पार्टी भित्र सबैको स्पिरीट नसमेटको भन्दै नेतृत्वको निर्णण प्रति असन्तुष्टि जनाइरहेका छन ।
आयोगले जिल्लालाई ६ वटा मात्रै स्थानिय निकाय बनाउने अधिकार दिएको थियो ।समितिले राजनैतिक दल संग भएको सहमति अनुसारको ७ वटा पनि बिकल्पको रुपमा पठाएको छ । लामो समयदेखि सहमति जुट्न नसकी विवादित बन्दै आएको पर्वतको स्थानीय निकाय पुनर्संरचना कार्य भदौ २७ मध्यरातमा दलका बिचमा सहमति गरिएको थियो , सोही दिनमा दलका नेताहरुले हामीले निर्णयमा हस्ताक्षर गर्दैनौ तर ६ वटा बनाएर पठाउने कुरामा सहमति छ भनेर ग्रिन सिङ्गगनल दिएको प्राबिधीक समितिका एक सदस्यले बताए ।
तर उक्त निर्णयलाई बैकल्पिक प्रस्ताब मात्रै बनाइएको छ। तर समितिले आयोगले तोके अनुसार नै भूगोल, आर्थिक, सामाजिक र प्राकृतिक स्रोत साधनको प्रयोगका हिसाबले ६ वटा बनाएको स्रोतले जानकारी दिएको छ । उक्त निर्णयलाई अहिले सम्म बाहिर ल्याइएको भने छैन ।
पर्वतमा कुस्मा नगरपालिकामा साविकको जनसंख्याले नपुग्ने भएकाले तीन वटा गाबिस मिसाइएको छ भने बाँकी ५ वटा गाउँपालिका बनाइएको छ । समिति स्रोतले दिएको जानकारी अनुसार साबिकको कुस्मा नगरपालिकामा आर्थर डाडाँखर्क, खौलालाँकुरी र ठुलीपोखरी गाबिसका सबै वडा गाभिएको छ । उत्तर तर्फ लेकफाँट, शालिजा, माझफाँट, बाँसखर्क, धाइरिङ्ग, बनौ र नाङ्गलिबाङ्ग सात वटा गाबिस मिलाएर एउटा गाउँपालिका बनाइएको छ । यो गाउँपालिकामा २१ हजार ४ सय ५४ जनसंख्या रहेको छ। बाजुङ्ग, क्याङ्ग, देउराली, देउपुर, भूकताङ्गले, तिलहार, राम्जा र चित्रे वटा गाउँ बिकास समिति मिलाएर अर्को गाउँपालिका बनाइएको छ । यो गाउँपालिकामा २१ हजार २ सय ४८ जनसंख्या रहेको छ।
यसैगरी दक्षिण तर्फ कार्किनेटा, थापाठाना, भंगारा, शंकरपोखरी, लिमीठाना, ठानामौला, फलामखानी, कुर्घा, देबिस्थान, खानीगाउँ र मुडिकुवा गरी १० वटा गाउँ बिकास समिति मिलाएर अर्को गाउँ पालिका बनाइएको छ। यो गाउँ पालिकामा २४ हजार ५१ जनसंख्या कामय गरिएको छ । यस्तै लुंखु, पाखापानी, बालाकोट, होस्राङ्गदी, भोर्ले, सरौखोला, हुवास, त्रिबेणी र बेउलीबास ९ वटा गाबिस मिलाएर अर्को गाउँपालिका सिफारिस गरिएको छ । यो गाउँपालिकामा २१ हजार ३ सय २८ गाउँ पालिका कायम गरिएको छ। यसैगरी पाङ्गराङ्ग, बाच्छा, बर्राचौर,रानीपानी, उरामपोखरा, वहाकी, शालिग्राम र टकलाक र भोक्सिङ्ग गाबिस मिलाएर अर्को गाउँपालिका सिफारिस गरिएको छ। यसमा १७ हजार ९ सय ४१ जनसंख्या रहेको छ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"