ताजा अपडेट :

असोज९,पर्वत पर्वत जिल्लाको दक्षिणमा पर्ने लुंखु क्षेत्रका बासिन्दाले प्राबिधीक समितिको निर्णयका बिरुद्ध हस्त

निर्णय बिरुद्ध हस्ताक्षर संकलन
असोज९,पर्वत

पर्वत जिल्लाको दक्षिणमा पर्ने लुंखु क्षेत्रका बासिन्दाले प्राबिधीक समितिको निर्णयका बिरुद्ध हस्ताक्षर संकलन अभियान थालेका छन ।
    दक्षिणको ब्यापारिक केन्द्र लुंखुलाई केन्द्र बनाउँदै पुरानो इलाका नं ८ र ९ लाई मिलाएर छुट्टै गाउँ पालिका बनाउनुपर्ने माग सहित हस्ताक्षर अभियान थालेका हुन । शनिबार भोक्सिङ्गमा हस्ताक्षर संकलन थालिएको र त्यस क्षेत्रमा पहिलो चरणको आन्दोलन नै घोषणा गरिएको नेकपा(एमाले)का जिल्ला सदस्य जीवन उचै ठकुरीले जानकारी दिनुभयो । हस्ताक्षर संकलन फलामखानी र लुंखु गाबिसमा सकिएको छ भने अन्य गाबिसमा जारी रहेको उचैले बताउनुभयो । त्यस क्षेत्रलाई अखण्ड राख्न माग गर्दै केन्द्रमा समेत पुर्ब सहायक मन्त्री देबबहादुर पौडेल क्षेत्री, नेताहरु डा. यज्ञ अधिकारी र शरणबिक्रम मल्लको नेतृत्वमा काठमाण्डौ केन्द्रित अभियान समेत अघि बढाइएको छ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह