ताजा अपडेट :

चलचित्र ‘पंचायत’ को शुभमुहुर्त

चलचित्र ‘पंचायत’ को शुभमुहुर्त
असोज९,बागलुङ्ग
पाँच दशक पुरानो कथामा आधारित नेपाली चलचित्र ‘पञ्चायत’को शुभ मुहुर्त
शनिबार बागलुङ्ग कालिका मन्दिरमा गरिएको छ ।
ऐतिहासिक संस्कृतिलाइ जर्गेना गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको चलचित्र को‘पंचायत’को शुभ मुहुर्तको अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक छविलाल जोशीले क्लाप गरेर र नायक गणेश गिरीले नरिवल फोडेर  शुभारम्भ गर्नुभयो ।
धौलागिरी क्षेत्रमा पञ्चायतकालिन समयमा कायम रहेको मुखिया प्रथाको  झल्को दिने र त्यो समयमा महिला प्रति गरिने बिभेदको घटनाहरुलाइ चलचित्रको मुख्य बिषय बनाइएको छ  ।  पहिलो पटक महिला महिनाबारी भएमा २१ दिन सम्म छुट्टै स्थानमा राख्ने, सूर्य देख्न नहुने जस्ता कुरितीको शिकार भएको घटनालाइ चलचित्रको कथामा समेटेएिको लेखक तथा निर्देशक शिवम अधिकारीले जानकारी दिनुभयो । चलचित्रको धौलागिरी क्षेत्रमा छायाँकन गरिने छ ।
उक्त समयमा मुखियाले खेल्ने भूमिका तथा तत्कालिन सामाजिक परिवेशलाइ पनि समावेश गरिएको निर्माता रवि अधिकारीले बताउनुभयो ।  ‘यो चलचित्रमा भने मुखियाको भूमिका समाज परिवर्तनमा सहयोग गर्ने खालको छ’ अधिकारीले भने । ग्रामीण परिवेशको छाया“ङकन गरिने भएकोले आधुनिक प्रकारका कुनै पनि घर, सडक र फेसन प्रयोग नगरी चलचित्र बनाइन लागिएको हो । ‘व्यवसायिक सफलताका लागि नभइ पुरानो संस्कृति जोगाउने हाम्रो अभियान हो’ अर्का निर्माता गणेश गिरीले भने, ‘देशको सम्पत्तिको रुपमा हामीले चलचित्रलाइ उभ्याउने प्रयास गर्छौ ।’ गिरीले आफ्नो घर भएको बागलुङ र पर्वतका ग्रामीण बस्तीमा लगेर चलचित्र छाया“ङकन गराउने योजना बनाएको बताए । चलचित्रमा सरोज खनाल, निता ढुंगाना, गणेश गिरी, जानवी बस्नेत, रुपा राना लगायतका कलाकार छन् । एक महिना सम्म छाया“ङकन गरेपछि राजधानी फर्कने टीमले एक बर्षभित्र चलचित्र बजारमा ल्याउने लक्ष राखेको छ ।
कुस्माबजार संगै जोडिएको बागलुङको बलेवालइनै मुख्य स्थान बनाएर एक महिना सम्म छायांकन गरिने भएकोले कलाकारको घरको रुपमा चित्रण गर्न लागिएको स्थानमा परंपरागत छाना, काठ र ढुंगा प्रयोग भएको देखाउन रंग रोगन पनि गरिएको छ । त्यस्तै पर्वतको पाङमा पनि यो चलचित्र छायांकन गरिने छ । चलचित्रमा संगीत टंक बुढाथोकी र शिवम अधिकारीले भरेका छन् । क्यामेरामा रामेश्वर कार्की, निर्माणमा सुशान्त श्रेष्ठ, शंकर सुवेदी र मेनुका ढुंगाना पनि रहेका छन् ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह