ताजा अपडेट :

अखिल क्रान्तिकारीको अध्यक्षमा पौडेल

अखिल क्रान्तिकारीको अध्यक्षमा पौडेल  
असोज ९  , म्याग्दी । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) म्याग्दीको शनिबार बेनीमा सम्पन्न एकता भेलाले सुदिन पौडेललको अध्यक्षतामा ४१ सदस्य जिल्ला संगठन समिति चयन गरेको छ ।

संगठनको उपाध्यक्षमा गणेश शर्मा र यामनाथ पौडेल, सचिवमा रेशम केसी, कोषाध्यक्षमा रसिला बस्नेत र सहसचिवमा धिरन खत्री चयन हुनुभएको छ । सदस्यहरुमा प्रमिला पौडेल, सन्दीप निउरे, भाईरथ पाण्डे, मञ्जु थापा, अमृता थापा र इश्वर सुवेदी लगायत रहेका छन् ।
    एकता भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेलले माओवादी पार्टीको एजेन्डाको वरिपरि देश चलेको भन्दै विद्यार्थी आन्दोलनको नेतृत्व समेत अनेरास्ववीयू क्रान्तिकारीले गर्नुपर्ने बताउनुभयो । अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय सचिव एवं प्रदेश ४ का संयोजक कुशल पौडेलले  विद्यार्थीको हकहितको लागि नयाँ शिक्षा ऐनलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववीयू (क्रान्तिकारी) प्रदेश नम्बर ४ का सह– संयोजक तथा छात्र विभाग प्रमुख प्रविण अधिकारी, माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य विनोद केसी, प्रेस सेन्टर म्याग्दीका सचिव सन्दीप खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  जिल्ला अध्यक्ष सुदीन पौडेलको अध्यश्क्षता, उपाध्यक्ष गणेश शर्माको स्वागत तथा यामनाथ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह