ताजा अपडेट :

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

सहकारी लेखा व्यवस्थापन तालिम शुरु
पर्वत ७ असोज
पर्वत जिल्लाका सहकारीहरुको लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन कुश्मामा ६ दिने सहभागितात्मक लेखा व्यवस्थापन तालिम शुरु गरिएको छ । सहकारी डिभिजन कार्यालय बाग्लुङ्गको आयोजना र बचत तथा ऋण सहकारी संघ लि. पर्वतको व्यवस्थापनमा आयोजित तालिम कार्यक्रममा बचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष गोविन्द पहाडीले राज्यले सहकारीलाई विशेष प्राथमिकता दिने नीति लिएको र समाजवादी समाज निर्माणका लागि सहकारी एउटा महत्वपूर्ण ईकाई हुन सक्ने धारणा राख्नु भयो । सहकारीमा रहेको सामाजिक र आर्थिक विशेषताको सहि प्रयोग गर्न सकेमा सामाजिक न्याय तर्फ उन्मुख हुन सक्ने भन्दै पहाडीले सहकारीहरुको परिचालनमा देखिएका समस्याहरु हल गर्न सरकारको तर्फबाट विशेष चासो राख्नुपर्ने बताउनु भयो । तालिमको सहजीकरण सहकारी डिभिजन कार्यालयका होमनाथ ढकाल र डोलराज पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह