ताजा अपडेट :

छ नाल भरुवा बन्दुक बरामद

छ नाल भरुवा बन्दुक बरामद
म्याग्दी ७ असोज

म्याग्दीको दरवाङ गाविस ६ उपल्लो दुखुबाट प्रहरीले छ नाल भरुवा बन्दुक बरामद गरेको छ । पैदल गस्तीमा गएको प्रहरी टोलीले दुई दिनको अवधिमा छ नाल बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक उपेन्द्र पुरुष तिमिल्सीनाको नेतृत्वमा गएको टोलीले बुधबार साँझ दह सामुदायीक वन नजिकै मानिस नबस्ने छोप्रोमा लुकाई राखेको ५ थान बन्दुक बरामद गरेको हो ।
    यसअघि मंगलबार पनि सोही क्षेत्रबाट एक थान भरुवा बन्दुक बरामद भएको थियो । बरामद भएका सबै बन्दुकहरुको ईजाजत नभएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । अबैध हतियारको प्रयोग गरेर बन्यजन्तुको चोरी शिकारी गर्ने गरेको सूचना पाएपछि प्रहरीले निगरानी र गस्ती सुरु गरेको थियो ।

प्रहरी गाउँमा गएको सूचना पाएर हतियार छोडेर शिकारीहरु भागेको हुन सक्ने प्रनाउ खड्काले बताउनुभयो । बरामद गरिएका हतियार बिहीबार बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । हतियार प्रयोगकर्ता पहिचानका लागि अनुसन्धान थालीएको प्रनाउ खड्काले बताउनुभयो ।
    प्रहरी र बन प्राबिधिकको कम उपस्थिती हुने क्षेत्रमा अबैध हतियारको प्रयोग गरेर मृग, रतुवा, कालीज, बाँदर, घोरल लगायत बन्यजन्तुको चोरी शिकारी हुने गरेको छ । गत हिउँदमा दुखुको छिमेकी गाउँ दिच्याममा लुटपाट गर्न गएका व्यक्तिहरुले गोली प्रहार गर्दा एक जना घाइते भएका थिए ।  

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह