ताजा अपडेट :

निरुता बनिन् प्रथम मिस धौलागिरि ।।

पुस ३,पर्बत
पर्वत जिल्लामा पहिलो पटक सौन्दर्य प्रतियोगिता सपन्न भएको छ । द लुक फेसन होम पोखराले धौलागिरि अञ्चलमै पहिलोपटक परेको प्रथम मिस एण्ड मिसेस प्रतियोगितामा बागलुङकी निरुता भण्डारी प्रथम मिस धौलागिरि बन्न सफल भएकी छिन् । उनले प्रतियोगितामा भएका सवै विद्यामा उत्कृष्टता हासिल गरिन्  । त्यस्तै फस्ट रनर अफ मा प्रितिजा पुन र सेकेन्ड रनर अफ मा सविता नेपाली म्याग्दीकी बनेकी छिन् । शनिवार सम्पन्न ग्राण्ड फाईनलमा उनिहरुलाई मिस धौलागिरिको उपाधि प्रदान गरिएको हो ।


त्यस्तै प्रथम मिसेस धौलागिरि पर्वतको तिलाहारकी पुजा कार्की लामिछाने बनेकी छन् । विवाहित महिलाहरुका प्रतिस्पर्धामा उनि उत्कृष्ट बन्न सफल भएकी हुन् । धौलागिरी अञ्चलमा नै सौन्दर्य प्रष्फुटन गर्ने प्रतियोगिताहरु आयोजना नभएकाले पर्वतमा धौलागिरीकै पहिलो सौन्दर्य प्रतियोगिता आयोजना गरिएको द लुक फेसन होमका प्रबन्ध निर्देशक रबिन्द्र बज्राचार्यले बताए । १६ वर्षदेखि माथिका युवतीहरुभित्र रहेको प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई जीवनमा सहि मार्गमा लाग्न प्रेरणा दिने उद्धेश्यले प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगितामा धौलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका गरी ११ जना युवतीहरुको सहभागिता रहेको छ ।प्रतियोगितामा अनुशासन, स्माईल, सिर्जनात्मक क्षमता, क्रियाशिलता, व्यक्तित्व, तस्विर स्टाईल, बिचार तथा अन्य शारिरीरिक तन्दुरुस्तता लगायत उसको आन्तरिक प्रतिभाका बारेमा प्रतिष्पर्धा गराईने  प्रतियोगिताका लागि पर्वतमा संयोजन गरिरहेकी मिसेज तिजकी इन्दु शर्माले बताउनुभयो । 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह