ताजा अपडेट :

जिल्लाको ठुलिपोखरीमा ४ बर्ष देखि नबनिर्मीत भबन अलपत्र पर्दा बिद्यार्थी मर्कामा

जिल्लाको ठुलिपोखरीमा ४ बर्ष देखि नबनिर्मीत भबन अलपत्र पर्दा बिद्यार्थी मर्कामा।।
पुस २९,पर्वत

जिल्लाको ठुलिपोखरीमा रहेको एक निमार्णधिन ६ कोठे पक्की भबन बिगत ४ बर्ष अघि देखि अलपत्र परेको छ । उक्त भबन जनता सुर्दशन उच्चमाबिको हो । बिगत ४ बर्ष अघि देखि निमार्णधिन अबस्थामा रहेको भबन अलपत्र पर्दा पठनपाठन समेत प्रभाबित भएको बिद्यालयले जनाएको छ । शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयको सहयोगमा निमार्ण शुरु भएको भबन अलपत्र बनेको हो । भबन अभाबमा बिधार्थीहरु भुकम्पले भत्काएर जोखिम बनाएको कक्षामा बसेर पढ्न बाध्य भएका छन् । तत्कालीन प्रध्यानाध्यापक खेमराज लम्सालको पालामा भबन निमाणर््ा थालिएपनि बजेटको अभाब देखाउँदै ठेकेदारले बीचैमा काम रोकेपछि भबन बेवारिशे बन्न पुगेको हो । अहिले ४ बर्ष अघि थालिएका भबनका संरचना समेत काम नलाग्ने अबस्थामा पुग्न थालेका छन् । अबको केहि बर्षमै भबन सम्पन्न नभए सबै संरचनाहरु भत्काउनुपर्ने अबस्था आईलाग्न सक्ने शिक्षकहरुको गुनासो रहेको छ । यता उबेलाको हरहिसाब कतै रेकर्ड नभएको र त्यो नभेटिएसम्म काम अगाडि बढाउन नसकिएको निर्बतमान प्राचार्य मेघनाथ आचार्यले बताउनुभयो । निमार्ण समितिले काम बिचैमा छाडिदिदां बिद्यालयमा अध्ययनरर्त  समितिका अध्यक्ष भीमनाथ कुबरले स्टिमेट अनुसारको बजेट नभएपछि काम रोकिएको बताउनुभयो ।

 

प्रमुख समाचार

भिडियो संग्रह