ताजा अपडेट :

प्रसाद खाँदा सात जना बिरामी

प्रसाद खाँदा सात जना बिरामी
म्याग्दी ६ असोज । बेनी नगरपालीका ४ खबरामा प्रसाद खाँदा सात जना बिरामी भएका छन् ।
    खबराका बिशाल सापकोटाले मंगलबार लगाएको एकाहा पुजामा बनाएको रोटी, तरकारी र प्रसाद खाँदा पखला लाग्ने र पेट दुख्ने समस्या देखिएका सात जनाको बेनी स्थित जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सापकोटाकी १२ वर्षिया छोरी एञ्जिला, १४ वर्षिया याशिका, स्थानीय ९ वर्षिय विज्ञान सापकोटा, ११ वर्षिया समिक्षा केसी, ३१ व्र्षिया सन्तु भण्डारी, १३ वर्षिया सानिमा भण्डारी र १५ वर्षिय राजेश घिमीरे बिरामी भएका हुन् । फुड प्वाईजनका कारण उनिहरु बिरामी भएको र स्वास्थ्यमा सुधार हुदै गएको जनाइएको छ ।

यसैगरी मंगलबार राती दरवाङ दुखुबेसीमा अरिगालले टोकेर स्थानीय २४ वर्षिय जिबन बिक र २२ वर्षिय दुर्गा किसान घाइते भएका छन् । अरिङ्गाले पोल्ने क्रममा घाइते भएका उनिहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
    उता बेनी जोमसोम सडक अन्तरगत बेगखोलामा मंगलबार राती आएको बाढीले रुख तेर्साएर बनाइएको अस्थाई साघु बगाएपछि पैदलयात्री र सवारी साधन आवत जावत बन्द भएको छ । सोमबार रेडक्रसकर्मी, यातायात ब्यवसायी र सुरक्षाकर्मीले बनाएको अस्थाई साघु बाढीले बगाएपछि खोला वारपार गर्न नसकेर यात्रुहरुको बिचल्ली भएको छ ।     

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह