ताजा अपडेट :

पुस २२,पर्वत जिल्लाको उत्तरी क्षेत्रमा रहेको एक प्रथामिक बिद्यालय जहाँ १ सय २ जना दलित तथा २ जना जनजाति बिद्यार्थ

माझफाटको समाजकल्याण आधारभुत बिध्यालयका दलित बिद्यार्थीलाई जेसिसको सहयोग।।
पुस २२,पर्वत
जिल्लाको उत्तरी क्षेत्रमा रहेको एक प्रथामिक बिद्यालय जहाँ १ सय २ जना दलित तथा २ जना जनजाति बिद्यार्थी अध्ययन गर्देै आईरहेका छन् । आफ्नो नानि बाबुलाई बिद्यालय पठाउनको लागि जसका बाबुआमा दिनभर श्रम गर्ने बाध्य छन् । जुन बिद्यालयमा अहिले सम्म कुनै पनि सामाजिक संघसंस्था तथा अन्य कतैबाट समेत सहयोग गरिएको छैन् । त्यस्तो बिद्यालयमा पुगी जिल्लाको सामाजिक क्षेत्रमा काम गर्देै आएको एक सामाजिक संघसंस्था पर्बत जेसिसको ध्यान पुगेको छ । सदरमुकामबाट २ घण्टाको यात्रामा सहजै पुग्न सकिने उक्त बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि पर्बत जेसिसले बिद्यालयमा अध्ययनरत १ सय ४ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । माझमाफाँट गाविस वडा नं. ६ गैराटोलको दलित वस्तीमा रहेको समाजकल्याण आधारभूत विद्यालयका बालबालिकाहरुलाई पर्वत जेसीजले न्यानो माया प्रदान गरेको हो  । न्यानो माया स्वरुप जाडो छल्ने कपडा हस्तान्तरण गरिएको कार्यक्रम संयोजक मुना शर्मा लामिछानेले बताउनुभयो । आफूहरुले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अवस्थालाई देखेर यो सहयोग जुटाएको उहाले बताउनुभयो । वालवालिकाहरु भोलिको कर्णदार हुन् भन्दै  यिनका लागि यो सहयोग सानो भएपनि अर्थपूर्ण रहने उहाको भनाई छ । मिसिका फाउन्डेसनको सहयोगमा आफुहरुले दलित बिद्यार्थीहरुलाई सहयोग गर्न पाएको उहाले बताउदै उक्त बस्ती तथा सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीको अबस्था देखेर सहयोगी मनहरु फेरिपनि कार्यक्रम लिएर माझफाँट आउने उहाले बिश्बास ब्यक्त गर्नुभयो । पर्वत जेसीजले विद्यालयमा आयोजना गरेको एक कार्यक्रममा झण्डै एकलाख बराबरको न्यानो कपडा हस्तान्तरण गरेको अध्यक्ष राजन कुमार जोशीले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा पर्वत जेसीजका पूर्व अध्यक्ष एवं पर्वत जेसीज बोर्ड अफ
ट्रष्टिजका अध्यक्ष विषम कुमार श्रेष्ठले श्रम गरेर अध्ययन गर्न बाध्य दलित
विद्यार्थीहरुलालाई जाडोले कठ्याङ्ग्रीएको समयमा न्यानो कपडा वितरण गर्न
पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । उहाले अहिलेको अवस्थामा धेरै सामुदायियक विद्यालमा विद्यार्थी संख्या न्यून रहेकोभएपनि यस विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीहरु रहेको र धेरैलाई सहयोगगर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो । कार्यक्रममा न्यानो कपडा विद्यालयका प्रधानाध्यापक ओमबहादुर जिसी मार्फतविद्यार्थीलाई हस्तान्तरण  गरिएको थियो । पर्वत जेसीजका अध्यक्ष राजन कुमार जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा माभफाँटका क्यापटेन टेकबहादुर जिसी, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्रवण कुमार नेपाली, पत्रकार अगन्धर तिवारी, अभिभावक लिला नेपाली, मल्लाज स्वास्थ्य चौकीका इन्चार्ज गोरे नेपाली, विद्याज्योति माविका प्रअमुरारी शर्मा लगायतले बोलेका थिए । भने कार्यक्रम संचालन २०१६ का महासचिवसुमन श्रेष्ठले गर्नुभएको थियो ।छिमेकमा संस्थागत तथा  सुविधा सम्पन्न माध्यमिक विद्यालय भएपनि समाजकल्याणआधारभूत विदयालयमा विद्यार्थीको चाप उच्च रहेको छ । ‘दलित विद्यार्थीहरुलाई प्राथमिकताका साथ अध्ययन अध्यापन गराउने मात्र नभई उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री तथा पोशाक समेत जुटाउन विद्यालयले निकैमिहिनेत गर्ने गरेका कारण विद्यार्थीको चाप आफ्नो विद्यालयमा बढ्ने गरेको प्रअ ओमबहादुर जिसीले बताउनुभयो ।विद्यालयमा कोही बाबुआमा नभएका त कोही भएरपनि स्टेशनरी जुटाउन नसक्नेहालतमा रहेका कारण त्यहाँ पढ्ने दलित विद्यार्थीहरुले स्टशेनरी जुटाउन बाजाबजाउने तथा कालीगण्डकी नदीमा बालुवा चाल्नेसम्मको श्रम गर्दै आइरहेका छन् ।यस विदलयमा कक्षा १ देखि ५ सम्म १ सय ४ जना विद्यार्थी रहेकामा १ सय २
जना दलित र २ जना जनजाति विद्यार्थीहरु छन् ।

 

प्रमुख समाचार

भिडियो संग्रह