ताजा अपडेट :

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु
पर्वत, असोज ५
गएराती वर्षासँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मंगलबार राति परेको चट्याङ लागेर उत्तरी पर्वतको बनौँ गाविस –१ का ५० वर्षका निलप्रसाद फकामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
राती घरमै सुतिरहेका फकामीको चट्याङ लागे लगत्तै ज्यान गएको हो । आफ्नै घरमा विद्युतीकरणका लागि राखिएको मिटरबक्समा चट्याङ परेपछि उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।  परिवारका अन्य सदस्यहरु भने सकुसल रहेको बताइएको छ । त्यस्तै घरमा रहेका चार वटा बाख्रा समेत मरेका छन् ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह