- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सौर्य बत्तीले सडक झिलीमिली
सौर्य बत्तीले सडक झिलीमिली
बाग्लुङ,पुस १२
सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य सडक बत्ती जडान भइसकेका छन् । पहिलो चरणमा १६९ वटा सौर्य बत्ती जडान गर्ने योजना नगरपालिकाले बनाएको छ ।
बाँकी ६९ वटा सौर्य बत्ती जडानको काम पनि अघि बढेको छ । चारवटा उपभोक्ता समिति बनाएर जडानको काम भइरहेको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा पुस मसान्तभित्रै बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । अहिले बत्ती जडानका लागि पोल गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । वडा नं २ मा ७४ वटा सौर्य बत्ती जडान भइसकेको शाखा प्रमुख पन्तले जानकारी दिनुभयो ।
“वडा नं २ मा बत्ती जडानको काम पूरा भएको छ, उपभोक्ता समितिले भुक्तानी पनि लगिसकेको छ”–शाखा प्रमुख पन्तले भन्नुभयो । प्रमुख बजार क्षेत्र पर्ने वडा नं २ का सबै सडक अहिले चौबीसै घन्टा उज्याला छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा पोल गाडिसकिएको र बाँकी काम पुस मसान्तभित्र सकिने जनाइएको छ ।कुल रु एक करोड ८० लाखको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५ प्रतिशत, बागलुङ नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत लगानी छ । समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताबाट थप ४०० सडक सौर्य बत्ती माग भएको छ
दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उहाँको भनाइ छ । “अहिलेको १६९ र थप माग भई आएको ४०० बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ” – अधिकृत सुवेदीले भन्नुभयो । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउँदा साथ दोस्रो चरणको काम सुरु हुने उहाँको भनाइ छ । जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलीमिली भएपछि स्थानीयवासी पनि खुसी छन् । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाएका छन् । बटुवादेखि, सवारी आवातजावतसम्मलाई यसले सहजता थपेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबीसै घन्टा सडकलाई उज्यालो दिइरहेको छ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्ने योजना अघि बढाएको छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"