ताजा अपडेट :

जिल्लाको विकासका लागि एक जुट हुन तिनवटै साँसदको जोड

जिल्लाको विकासका लागि एक जुट हुन तिनवटै साँसदको जोड
पर्वत, असोज ५


जनता सुर्दशन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७२÷७३ को समापन तथा स्वर्णद्धार उद्घाटन, स्वर्ण स्तम्भ अनावरण एवम् स्वर्ण स्मरिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यत्रमको उद्घाटन पर्वतका तिनैवटै साँसदले गरेका थिए । साँसद अर्जुनप्रसाद जोशी,कल्पना चपागाई र विकास लम्सालले संयुत्त  रुपमा कार्यत्रमको उद्घाटन गदै सिङगो पर्वत जिल्लाको विकासमा एक जुट हुने आग्रह गरेका थिए ।

कार्यक्रमा बोल्दै कार्यक्रमका  प्रमुख अतिथी तथा काँग्रेसका नेता एवं व्यवस्थापिका सांसद अर्जुनप्रसाद जोशीले जनता उच्च मा.विले जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गदै अहिलेको युग भनेको बैज्ञानिक र आधुनिक शिक्षाको युग भएकाले अवको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड दिनुभएको थियो । नेता जोशीले ठुलीपोखरी गाविस संभावना बोकेको प्रसिद्ध ठाउँ भएकाले राजनितिक आग्रह तथा पूर्वाग्रहका कारण निकै पछि परेको बताउनु भयो । उहाँले ठुलीपोखरी गाविसको शैक्षिक, समाजिक र आर्थिक विकासमा लागि दलीय पूर्वाग्रहबाट मुत्त भएर विकासको साझेदार बन्न सबैलाई आग्रह गर्नुभयो ।

साँसद जोशीले आफु काँग्रेसको एजेण्डा बोकेर ठुलीपोखरी गाविसमा कहिल्यै नआएको बताउँदै आप्नो एजेण्डा जहिलेपनि जिल्लाको आर्थिक समृद्धि र विकासको पक्षमा भएको दावी गर्नुभयो । आफु पर्वत क्षेत्र नम्वर नंं. १ वाट चुनाव जितेको भएपनि क्षेत्र नं. २ को विकास निर्माणमा समेत आपुले सधै चासो र चिन्ताका साथ काम गरिरहेको प्रष्ट पार्नुभयो । साथैै उहाँले ठुलीपोखरी गाविसको आर्थिक स्तर माथि उठ्नका लागि सधै लागि पर्ने बताउनु भयो ।
 साँसद जोशीले सवैे महिला, पुरुष र युवाहरुलाई आयआर्जन र उद्यमशीलतामा लाग्न सुझाव दिंदै त्यसको लागि आवश्यक स्वाथ्य, शिक्षा, पानी, विजुली, मोटरवाटो र अन्य उपकरणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यत्रममा बोल्दै साँसद कल्पना चापागाईले जनता उच्च मा.विलाई स्वर्ण महोत्सवको अवसरमा शुभकामना व्यक्त गदै ग्रामिण क्षेत्रमा पुरुषको तुलनामा महिलाहरु अभै पनि पछाडी परेको भन्दै गुनासो गर्नुभयो । उहाँले अव महिला र पुरुष दुवै गुणस्तरीय शिक्षा दिक्षा प्रदान गर्न राज्यको ठोस निति ल्याउनु पर्ने बताईन । साँसद चापागाईले महिलाहरुलाई राज्य र राज्यको कानूनले जति अधिकार दिए पनि स्वयम्  महिलाहरु सशक्त नभएसम्म महिलाको स्थितीमा परिर्वतन नआएको बताउँदै महिलाहरुको विकासको लागि महिलाहरु स्वयम् नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । ठुलीपोखरी गाविसको विकासका लागि आफुले हरपल सहयोग गरेको बताउँदै आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  
कार्यत्रममा बोल्दै अर्का साँसद विकास लम्सालले जनता उच्च माविले आफ्नो ५० औ जन्मत्सोवको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । साँसद लम्सालले  जिल्लाको शैक्षिक तथा भौतिक विकासमा आफुले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गदै पर्वतका पत्रकारले आफु विरुद्ध भ्रम पैलाउने समाचार प्रशारण तथा प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाउनु भयो ।


उक्त कार्यक्रममा नेकपा माओवादी केन्दका जिल्ला अध्यक्ष कृष्णा पराजुली, नयाँ शक्ति अभियान केन्द्रका केशवराज कुवाँर, पूर्व शिक्षा मन्त्रीका सल्लाहकार रमाकान्त सापकोटा, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासनी, प्रमुख जिल्ला अधिकारी रमेशराज पौडेल, विश्वकर्मा समाज नेपालका केन्द्यि महासचिव प्रेम विश्वकर्मा, पञ्चकोशी मा.वि का प्राध्यानाध्यापक, अर्जुन पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य ढाकाराम गौत्तम,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल, जनता सुर्दशन उच्च मा.वि ठुलीपोखरीका सचिव विष्णु वि.क ,ठुली पोखरी युवा क्लवका अध्यक्ष प्रकाश गदाल, विद्यार्थी सविता शर्मा गायतले बोल्नुभएको थियो ।

 साथै उक्त कार्यत्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा पु¥याउने विद्यालयका शिक्षक, अभिभावक, चन्दादाता,सहयोगदाता लगायत अन्य सामजिक अभियान्तहरुलाई  सम्मानपत्रले सम्मान गरिएको थियो । साथै स्वर्ण महोत्स समारोहलाई प्रभावकारी बनाउन ठुलीपोखरी युवा क्लवले सहयोगी कक्षा सञ्चालन गरेको थियो । साथै उक्त कार्यत्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य तथा नाटक प्रर्दशन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा सञ्चालन शिक्षक विनोद सुवेदीले गर्नुभएको थियो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह