ताजा अपडेट :

दक्षिण पर्वतका विभिन्न गाविसमा संचालित लघु उद्यम कार्यक्रमको अनुगमन सम्पन्न

दक्षिण पर्वतका विभिन्न गाविसमा संचालित लघु उद्यम कार्यक्रमको अनुगमन सम्पन्न

पर्वत , ८ पुस

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पर्वत जिल्लाको त्रिवेणी गाविसमा सञ्चालीत विभिन्न सीपमूलक तालिमको अनुगमन सम्पन्न भएको छ । जिल्लाका सरोकारवालाहरुको एक समूहले युएनडिपि, अस्ट्रेलियन सरकारको सहयोगमा सञ्चालीत तालिमहरु तथा अनुदानक कार्यक्रमको अनुगमन सम्पन्न भएको हो ।
अनुगमनको क्रममा पर्वतको त्रिवेणी गाविस वडा न ७ चिन्देखर्कमा सञ्चालीत बासजन्य सामाग्री उत्पादन सम्बन्धि तालिम, त्रिवेणीको भ    र्मामा सञ्चालीत मौरीपालन तालिम र त्रिवेणीकै नकेर्कामा सञ्चालीत १ महिने वासजन्य समाग्री निर्माणको स्तरोउन्नती सम्बन्धि तालिम कार्यक्रमको अनुगमन गरिएको थियो ।

त्यसैगरी कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिएको त्रिवेणी गाविसमा निर्माधिन साझा सुविधा केन्द्रको भवन निर्माणको समेत अनुमगन सम्पन्न गरिएको छ । अनुगमनको क्रममा बासजन्य सामाग्री उत्पादन र मौरीपालन सम्बन्धि तालिमका सहभागीहरुसंग अनुगमन समितिले अन्तरक्रिया समेत गरेको थियो । तालिम लिएपछि ब्यवयासीक उत्पादनमा लाग्ने तालिमका सहभागीहरुले बताएका अनुगमन समितिका सदस्य तथा उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले बताए । उद्यम सम्बन्धी तालिम लिनुमात्र ठूलो कुरा नभएको र तालिम लिएकाहरु उद्यमी बन्नु ठूलो कुरा रहेको भन्दै उद्यमीको उत्पादनलाई बजारीकरणमा आफूहरुले सहयोग गर्ने प्रतिबद्धता समेत अनुगमनको क्रममा उपाध्यक्ष पौडेलले ब्यक्त गरेका थिए ।

अनुगमनमा लघु उद्यम विकास कार्यक्रमका सम्मन्वयकर्ता करुण पुलामी  मगर, पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल, फेकोफन पर्वतका सचिव जीवन उचै ठकुरी, सेवा पर्वतकी अध्यक्ष सेती महत, पत्रकार महासंघ पर्वतका सदस्य गणेश गिरी, महिला विकास कार्यालयकी अनीता निरौला घरेलु साना उद्योग विकास समितिकी नारायणी बस्नेत लगाएतको सहभागीता थियो । अनुगमनका सहभागीहरुले तालिम लिने मात्र नभई उत्पादनमुखी बन्न तालिमका सहभागीहरुलाई सुझाब दिएका थिए ।
 

प्रमुख समाचार

भिडियो संग्रह