ताजा अपडेट :

उपल्लो मुस्ताङ्गमा भिषण बाढी, आठ पुल बगायो

उपल्लो मुस्ताङ्गमा भिषण बाढी, आठ पुल बगायो

मुस्ताङ्ग,४ पुस

हिमालपारीको जिल्ला मुस्ताङ्गमा हिउँ पहिरोपछि भिषण बाढी आएको छ ।
उपल्लो मुस्ताङमा पर्ने  घमी गाउँ बिकास समितिको ढाक्मार गाउँमा ठूलो बाढी आएको हो ।
हिउँ पग्लेर आइतबार  बिहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रमा रहेका ८ वटा काठका पुल बगाएको छ । यस्तै ठूला ठुला ढुंगा खसेर जोमसोम– लोमान्थाङ्ग सडक  अवरूद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताउनुभयो ।
अहिले सम्म कुनै मानवीय क्षति भएको बिबरण प्राप्त भएको छैन । त्यस क्षेत्रमा रहेका प्रहरी चौकी समेत जाडोका कारण लोमान्थाङ्गमा मर्ज भएकाले लोमान्थाङ्गबाट प्रहरी टोली पठाइएको प्रजिअ पोखरेलले बताउनुभयो ।  साँझ सम्ममा सबै बिबरण आउन सक्ने उहाँले बताउनुभयो ।

प्रमुख समाचार

भिडियो संग्रह