- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
सुनका गहना धितो राखेर गाउँमा सडक
सुनका गहना धितो राखेर गाउँमा सडक
म्याग्दी,पुस ३
म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले आफूले लगाएकोे सुन सदरमुकाम बेनीस्थित गरिमा विकास बैकमा धितो राखेर सडक विस्तारमा सघाएका हुन ।
गाविसमा सडक पुगेको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक विस्तारमा जिल्लाका जनप्रतिनिधि र जिविसले कुनै सहयोग नगरेपछि बाध्य भएर चन्दा सङ्कलन र सुन धितो राखेरसमेत गाउँसम्म सडक विस्तार गरिएको आमा समूहकी अध्यक्ष पुनले बताउनुभयो ।‘गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हँुदैन् । सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौ’ उहाँले भन्नुभयो । वार्षिक करिब रु २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा निकै समस्या भइरहेको थियो ।सडक निर्माणपछि अहिले सुन्तला ढुवानीमा सजिलो हुनुका साथै गाउँमै व्यापारी पुगेर सुन्तला खरिद गरेका छन् ।
‘यो सडकमा महिलाको परिश्रम जोडिएको छ । हामीले लगाएको सुनभन्दा घरमै पुगेको सडकको महत्व धेरै छ’ स्थानीय चन्द्रोदय प्राविकी प्रधानध्यापक शान्ताकुमारी रानाले भन्नुभयो । आर्थिक अभावले सडक निर्माणकार्य अवरुद्ध भएपछि गाउँका अगुवा महिलाले आफ्नो शरीर र घरमा रहेको सुनलाई सडक उपभोक्ता समितिलाई जिम्मा लगाएपछि सडक विस्तारमा सहज भएको भकिम्ली– राखु– नयाँ पुल सडक निर्माण उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताउनुभयो । गाविसले– पाँच लाख रुपैयाँ दिएको छ । गाउँकै जयन्ती मावी हुँदै विस्तार गरिएको सडकका लागि महिलाले करिब रु १२ लाख बराबरको सुन धितो राखिएको छ । नौ किलोमिटर सडक निर्माणमा करिब रु ५० लाखको हाराहारीमा खर्च भएको छ ।