ताजा अपडेट :

जग्गा धितो राखेर गाउँमा सडक

जग्गा धितो राखेर गाउँमा सडक
बाग्लुुङ ५ असोज
ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् । गाउँलेले रु ७५ लाख ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका हुन् । रायडाँडाका पूर्व गाविस अध्यक्ष दीपेन्द्रबहादुर थापाले जग्गा धितो राखेर रु २० लाख ऋण लिएको बताउनुभयो । रु ९० लाखखर्च भएको सडकमा रु १४ लाख ७५ हजार जानकारी दिनुभया जिल्ला विकास समितिले उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर केसीले ।उक्त सडकको बीचमा पर्ने मान्द्रेको पहरामा ‘मार्ग’ खोल्न ठूलो रकम खर्च भएको समितिले जनाएको छ । समितिले उक्त खण्डमा पर्ने पाँच किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदललाई दिएको थियो । मार्ग खोलिएसँगै बागलुङ सदरमुकाम–रायडाँडा–बरेङ हुँदै गुल्मीको शान्तिपुरलाई सडकले जोडेको छ । “मार्ग खोल्न सहज होस् भनेर सेनालाई जिम्मा दिएका हौंँ,” अध्यक्ष केसीले भन्नुभयो । सेनाले बम विस्फोट लगायतका आधुनिक प्रविधिबाट कडा चट्टानलाई फोरेर सडक निर्माण गरेको हो । चर्को ब्याजमा ऋण खोजेर गाउँमा सडक पु¥याउनु रायडाँडावासीको बाध्यता भएको केसीको भनाइ छ । सडक निर्माणका क्रममा खर्च भएको ऋण रकम विकासे अड्डाको सहयोग लिएर र गाउँमा चन्दा उठाएर चुक्ता गर्ने योजना समितिले बनाएको छ । भीरको बाटो हुँदै सडक पुगेपछि पैदल हिँड्नुपर्ने दुई घन्टाको बाटो छोटिएको छ । सडकको पहुँचले गाउँमा उत्पादित कृषि उपजले बजार पाएको छ ।
 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह