ताजा अपडेट :

पर्वत सेवा समाज नेपाल

पर्वत सेवा समाज नेपाल
असोज ४, पर्वत  
पर्वत सेवा समाज नेपालले विभीन्न सामाजिक कार्य गर्ने निर्णय गरेको छ ।हालै गठन भएको समाजले  संस्थाको दैनिक कार्य संचालन तथा मानवीय सहायताकालागि अहिलेलाई १० लाखको कोष स्थापना गर्ने शनिवार वसेको वैठकले निर्णयगरि कार्यान्वयनमा लैजाने जनाएको छ । संस्थालाई थप गतिसिल बनाउनको लागिविभिन्न उपसमिति पनि गठन भएको छ । संस्थागत क्षमता अभिवृद्धि तथा सदस्यतावृद्धि गर्नका लागि गणेश बहादुर क्षेत्री को संयोजकत्वमा एक समिति गठनगरिएको छ ।जसको सदस्यमा अच्युत तिवारी,थमनारायण पौडेल,नवराज भण्डारी ,सरस्वतीभण्डारी रहनुभएको छ । सुचना संचार उपसमितिको संयोजकमा राजु पौडेललाई चयन गरिएको छ । सदस्यहरुमा विषन क्षेत्री,माया अधिकारी र सीता के सि चयन भएकाछन् । स्वास्थ्य शिविर संचालन उपसमितिको संयोजकमा शिबराज शर्मा रसदस्यहरुमा उत्तम अधिकारी,सुरेस ढकाल,कामना रेग्मी र मुना शर्मा लामिछाने
रहनुभएको समाजका सचिव शिबराज शर्माले जानकारी दिनुभयो ।पर्वत सेवा समाज यूएईद्धारा सहयोग हस्तान्तरण
पर्वतको आर्थरडाँडाखर्क गाविस १ कारबारेका स्वर्गिय कृष्ण रिमालका आश्रितपरिवारलाई राहात रकम प्रदान गरिएको छ । पर्वत सेवा समाज यूएईले आज एककार्यक्रमको आयोजना गरि ३० हजार रुपैयाँ नगद सहयोग गरेको हो ।
२०७२ साल असार १० गते कामको शिलशिलामा यूएईको वरदुवई भन्ने स्थानमा एकसुपरमार्केटमा काम गर्दै आएका रिमालको मृत्यु भएको थियो । उहाँको मृत्युपछि आर्थिक अभावमा रहेका रिमालका परिवारलाई आज पर्वत सेवा समाज यूएईकाअध्यक्ष राजेन्द्र अधिकारीले नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।अधिकारीले स्वर्गिय रिमालका वुवा पुरुषोत्तम पाध्यालाई रकम हस्तान्तरणगर्नुभएको हो ।सहयोग हस्तान्तरण कार्यक्रममा पर्वत सेवा समाज यूएईका महासचिव सरोज जिसी,नाग्लीवाङका समाजसेवी यूवा सोमबहादुर जिसी, रुद्र सुबेदी, पत्रकार रोशन
तिवारी लगायत उपस्थित हुनुभएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै पर्वतसेवा समाज यूएइर्उका अध्यक्ष राजेन्द्र अधिकारीले विभिन्न कारणले आर्थिकसमस्यामा परेका व्याक्रिलाई समाजले सहयोग गर्दै आएको र यो सहयोग पनिविदेशमा रहेका नेपालीहरु संग संकलन गरेर पीडित परिवारलाई प्रदान गरिएकोबताउनुभयो ।उहाँले स्वर्गित कृष्ण रिमालका छोरी प्रेमकुमारी रिमालको पठनपाठनमा सहयोगपुगोस भनेर सहयोग गरिएको बताउनुभयो । स्वर्गिय रिमालका वुढा वावा आमा एकश्रीमति र एक छोरीको अहिले विचल्ली भएको छ । १० वर्षसम्म यूएइमा कमाईगरेर परिवारको गर्जो टार्दै आएका कृष्णको निधन पछि उक्त परिवार आर्थिकसमस्यामा परेको छ

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह