ताजा अपडेट :

नवज्योतीमा कम्प्युटर प्रयोगशाला निर्माण

अदालतद्वारा न्याय सम्पादनमा सहयोग गर्न आग्रह
पर्वत,१ पुस
पर्वत जिल्ला अदालतले जिल्लामा क्रियाशिल राजनीतिक दलहरु समक्ष न्याय सम्पादनमा सहयोग गर्न आग्रह गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी सहयोग गर्न अनुरोध गरेको हो ।
पर्वत जिल्ला अदालतका न्यायधिश मोहनराज भट्टराईले राजनीतिककर्मीहरुको छलफलमा बोल्दै अदालतले लक्ष्य र उद्देश्य पुर्तिका लागि राजनीतिक दलहरुको सहयोग पनि अपरिहार्य रहेको बताउँदै सल्लाह सुझाव दिन अनुरोध गर्नु भएको हो ।
पर्वत जिल्ला अदालतले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत राजनीतिक दलसमक्ष छलफल गर्ने कार्यक्रम समेत समावेश गरेकाले सोही अनुरुप कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । अदालतको सिद्धान्त र व्यवहारिकतालाई आधुनिकिकरण गर्दै जाने सन्दर्भमा पर्वत जिल्ला अदालतले विभिन्न कार्य योजनाहरु सार्वजनिक गरिएकाले न्यायिक सेवालाई चुस्त दुरुस्त बनाउन सवैको सहयोग आवश्यक रहेको बताए ।
पर्वत जिल्ला अदालतप्रति जनताको नकरात्मक धारणालाई हटाएर न्यायको ढोका सम्म आउने सहज बातावरण बनाउन जनतालाई सुसुचित गराउने अभियानमा राजनीतिक दलका व्यक्तिहरु समक्ष आग्रह गरेका थिए । अदालतले बार्षिक कार्ययोजना अन्तर्गत ७५ प्रतिशत काम सम्पन्न गर्नै पर्ने प्रावधान रहेकाले उक्त लक्ष्य पुर्तिका लागि अदालतका काम कार्बाहीको प्रक्रियालाई निरन्तरता दिइनै रहेको बताउँदै अदालतमा भएका मुद्धाको स्थिति बारे जानकारी गराएका थिए । सो अनुसार हाल सम्म यस बर्ष दर्ता भएका विभिन्न प्रकृतिका ९१ मुद्धा दर्ता भए मध्ये ४२ फछ्र्यौट भएको र अन्य कार्बाहीको प्रक्रियामा रहेको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले पर्वत जिल्लाको न्याय सम्पादन र वर्तमान अवस्थाका बारेमा बोलेका थिए ।  

नवज्योतीमा कम्प्युटर प्रयोगशाला निर्माण
पर्वत,१ पुस

    पर्वतको भूक देउराली गाउँ बिकास समिति स्थित नवज्योती थम माध्यामिक बिद्यालयमा कम्प्युटर शिक्षाका लागि प्रयोगशाला निर्माण गरिएको छ ।     बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले गुडनेवर्स इन्टरनेशनल तथा समाजकल्याण स्रोत बिकास केन्द्रको सहयोगमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो ।
निजी स्रोतमा शिक्षक राखेर पनि गुणस्तरीय शिक्षा दिदै आएको नवज्योती थम माबिलाई गुड नेवर्स इन्टरनेशनलले समाज कल्याण स्रोत बिकास केन्द्र मार्फत १२ वटा कम्प्युटर सहयोग गरेको छ । बिद्यालयमा थप ६ वटा कम्प्युटर समेत रहेकाले ल्याबमा १८ वटा कम्प्युटर सहितको ल्याब स्थापना गरिएको प्रधानाध्यापक मिनाकुमारी गुरुङ्गले बताइन । ‘कम्प्युटर शिक्षा दिने उद्देश्यले ल्याब स्थापना गरिएको छ’ उनले भनिन ‘ल्याब स्थापना संगै गुणस्तरीय शिक्षा दिने उद्देश्यलाई सहयोग पुगेको छ’     बिद्यालयले थप कम्प्युटरको समेत ब्यबस्था गर्ने उद्देश्य राखेको छ ।  
    बिद्यालयमा स्थापना भएको ल्याबको बिहीबार एक कार्यक्रमका बिच ब्यबस्थापिका संसद सदस्यद्वय अर्जुनप्रसाद जोशी र कल्पना चापागाईले संयुक्त रुपमा उद्घाटन गरे ।  कार्यक्रममा बोल्दै सदस्य जोशीले सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सबै पक्षले सहयोग गर्न आवश्यक भएको बताए । उनले बिद्यालयका लागि आवश्यक पर्ने सहयोग गर्न आफुँ तयार रहेको बताउँदै सामुदायिक बिद्यालय र ग्रामिण क्षेत्रको बिकास गर्न राजनैतिक पुर्वाग्रह राख्न नहुने कुरामा जोड दिए ।
    अर्का ब्यबस्थापिका संसद कल्पना चापागाईले छोरालाई निजी बिद्यालयमा र छोरीलाई सामुदायिक बिद्यालयमा पढाउने कुराले सामुदायिक बिद्यालयको स्तर उकास्न कठिन हुने बताउँदै छोराछोरीलाई समभावले हेर्दै सामुदायिक बिद्यालयलाई नमुना बनाउन आवश्यक छ भनिन । उनले नवज्योती थम माबि आफुँलाई शैक्षिक रुपमा अगुवा बिद्यालयको स्थापित हुन गरेको प्रयासको प्रसंशा गरिन ।
    जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले सामुदायिक बिद्यालयको खस्कदो शैक्षिक अवस्थामा सुधारका लागि अभिभावक र बिद्यालयको बिचको सुमधुर सम्बन्ध आवश्यक पर्ने कुरामा जोड दिदै शिक्षकरुले राम्रो संग पढाउने हो भने पनि बिद्यालयहरुमा बिद्यार्थीको आर्कषण बढ्न सक्छ भने ।
    बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका क्षेत्रिय निर्देशक शंकर सुबेदी, सोर्डेक नेपालका कार्यक्रम ब्यबस्थापक देबीप्रसाद तिमिल्सीना लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन शिक्षक जगत मल्ल र स्वागत युबराज पौडेलले गरेका थिए ।

प्रमुख समाचार

भिडियो संग्रह