ताजा अपडेट :

निबृत शिक्षक समाज पर्वतको अभिनन्दन तथा शैक्षिक पत्रिका विमोचन कार्यक्रम सम्पन्न ।

निबृत शिक्षक समाज पर्वतको अभिनन्दन तथा शैक्षिक पत्रिका विमोचन कार्यक्रम सम्पन्न ।
पर्वत,३० मंसिर
निबृत शिक्षक समाज पर्बतले जेष्ठ शिक्षक, दीर्घ सेवि शिक्षक अभिनन्दन तथा निबृत शिक्षक समाजले प्रकाशन गर्ने गरेको शैक्षिक पत्रिका प्रज्ञा समाजको बिमोचन तथा एसएलसी परिक्षामा अक्षराकं प्रणाली सम्बन्धमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ ।
शिवालय उच्च माबि अगुवा श्रोत केन्द्रमा भएको कार्यक्रममा २० जना जेष्ठ शिक्षक, १० जना दीर्घ सेबि शिक्षकलाई अभिन्नदन  गरिएको छ साथै एस एलसि परिक्षामा लागुभएको अक्षराकं प्रणालीको लेखहरुको समिक्षा प्राचार्य पृथ्वि नारायण शर्माले गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी  स्थानिय बिकास अधिकारी युवराज पौडेल, विशिष्ट अथिती महिला बालबालीका कार्यलयका प्रमुख तारादेवी सुनुवार , जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, श्रोत ब्यतिm प्रेम प्रसादसुबेदि प्रध्यापक डा. षडानन्द पौडेल, शिक्षक, संघ संगठन महासंघका प्रमुख तथा प्रतिनिधीहरुले कार्यक्रमको बारेमा बोल्नुभएको थियो । साथै पत्रिकाको बिमोचन प्रमुख अथिती स्थानिय बिकास अधिकारी युवराज पौडेलले गर्नु भएको  थियो ।
निबृत शिक्षक संगठनका अध्यक्ष बाबुराम सुबेदिको अध्यक्षताम सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रत्न प्रसाद अधिकारी र उतmकार्यक्रमको सञ्चालन सचिब रामप्रसाद सुबेदिले गर्नु भएको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह