- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतका ११ जना दृष्टिबिहिन विद्यार्थीहरु न्यानो कपडा
पर्वतका ११ जना दृष्टिबिहिन विद्यार्थीहरु न्यानो कपडा
मंसिर १९ ,पर्वत
पर्वतका ११ जना दृष्टिबिहिन विद्यार्थीहरु न्यानो कपडा वितरण गरिएको छ । सृजनशिल युवाहरुको समूह रोट्याक क्लव अफ पर्वतले २५ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसर पारेर पर्वतका ११ जना दृष्टिविहीन विद्यार्थीहरुलाई जाडोमा आवश्यक पर्ने न्यानो कपडा वितरण गरेको हो । क्लवले जाडोका लागि आवश्यक पर्ने टोपी, सुइटर लगायतका सामग्री वितरण गरेको जनाएको छ । कार्यक्रममा बोल्दै नेपाल अपाङगता उत्थान समाज पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले संस्थागत संरचनाभन्दा पनि अपाङगता भएका व्यक्तिलाई राज्यले प्रदान गरेका सेवा तथा सुबिधा उपयोग गर्ने बातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिनुभयो ।
शर्माले समाजमा अपाङगता भएकाहरुको शिक्षा, स्वास्थ्य, रोजगार र राजनिति क्षेत्रमा पहुँच पु¥याउन राज्य नै सहयोगी बन्नुपर्ने धारण राख्नु भयो । कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक जिल्ला संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्य, नेपाल अपाङगता उत्थान समाज पर्वतका अध्यक्ष गणेश सुवेदी लगायतले बोल्नुभएको थियो । रोट्याक क्लव अफ पर्वतका अध्यक्ष आर.सी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक मिना खड्का र कार्यक्रमको सञ्चालन रोट्याक क्लव अफ पर्वतका सचिव गणेश पौडेलले गर्नुभएको थियो ।
पर्वतमा २५ औ अन्तर्राष्ट्रिय अपाङता दिवस मनाईएको छ । “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविष्य” भन्ने नारा सहित अपाङगता भएका व्यक्तिहरुले यो दिवस मनाईएका हुन । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, नेपाल अपाङग उत्थान समाज पर्वत सहित अपाङग क्षेत्रमा काम गदै आएका १० ओटा संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरी अपाङग दिवस मनाईएका हुन् ।
अपाङता दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरुले अपाङगता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्नका लागि जिल्लाका विभिन्न राजनितिक दल तथा संघसंस्थाहरु एकमत हुनुपर्ने बताएका थिए । उनीहरुले राज्यले हरेक निकाय अपाङगता मैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । कायक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले संविधानले अपाङगता भएका ब्यक्तिहरुको लागि रोगगार, उच्च शिक्षा र सामाजिक सुरक्षा भत्ता लगाएतका हक अधिकार सुनिश्चीत गरेको भन्दै संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सदस्य शेरवहादुर आचार्य, नेकपा एमालेका सचिवालय सदस्य.... नयाँ शक्ति केन्द्रका मिनराज केसी, महिला तथा बालबालिका कार्यालय पर्वतका महिला विकास अधिकृत तारादेवी सुनुवार,मानवअधिकार कर्मी राजेन्द्र पहाडी, बार एसोशेसन पर्वतका अध्यक्ष विश्वराज पाण्डे, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, गैसस महासंघका केन्द्रिय सदस्य देवीप्रसाद तिमिल्सीना, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल,पत्रकार महासंघ पर्वतका सन्तोष थापा लगायतले बोल्नु भएको थियो । नेपाल अपाङगता उत्थान समाज पर्वतका अध्यक्ष गणेश सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत मन्तव्य जिल्ला अपाङगता सञ्जाल पर्वतका अध्यक्ष यज्ञप्रसाद पौडेल र कार्यक्रमको सञ्चालन नेपाल अपाङगता उत्थान समाज पर्वतका सचिव किशोर शर्माले गर्नुभएको थियो ।
यसैविच अपाङगता भएका व्यक्तिहरुका विच विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नेपाल अपाङगता उत्थान समाज पर्वतको आयोजना र आई.एन एफ सामुदायिक कलष्टर पोखराको सहयोगमा आयोजना गरिएको कार्यक्रममा ठेलो प्रतियोगिता,घैटो फोर प्रतियोगिता,म्युजिकल चियर र तातो आलु जस्ता खेल आयोजना गरिएको थियो । ठेलो प्रतियोगितामा पुरुष तर्फ नारायण श्रीष र महिला तर्फ अनिता बुढाथोकी बिजेता हुनुभएको छ । त्यस्तै घैटो फोर प्रतियोगिता अमृता तिवारी विजेता बन्नुभएको छ भने म्युजिकल चियर प्रतियोगितामा इन्द्र न्यौपानै प्रथम, मनिषा रेग्मी र अप्सरा मिँया तृतिय हुनुभएको छ । त्यस्तै तातो आलु प्रतियोगितामा मनिसा रेग्मी प्रथम, राधिका क्षेत्री । विपना खड्का तृतिया हुनुभएको छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"