ताजा अपडेट :

लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियान पर्वतमा सुरु

लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियान पर्वतमा सुरु

पर्वत,११ मङ्सिर

पर्वतमा पनि शुक्रबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैङ्गिक विभेद् न्यूनीकरणका लागि सचेतना अभिवृद्धिका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरेर यो अभियान सञ्चालन हुँदै आएको छ । पर्वतको कुश्मासहित जिल्लाका विभिन्न ठाउँमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तक्र्रिया, ¥याली, छलफललगायतका कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

अभियानको पहिलो दिन कुश्मा सचेतनामूलक ¥याली तथा दिप प्रज्ज्वल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको ¥याली बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहँुदै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षा र चेतनाको विकाससँगै आयआर्जन वृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।    बाल विवाह, गरिबी र चेतनाको कमीले पर्वतमा लैङ्गिक विभेद्का घटना भएको बताउँदै प्रमुख जिल्ला अधिकारी मरासिनीले महिला हिंसाको दर घटाउन सबैलाई सचेत र जिम्मेवार बन्न अनुरोध गर्नुभयो ।


महिला तथा बालबालिका कार्यालयकाको अगुवाईमा भएको कार्यक्रममा ¥यालीमा सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका नेता, महिला राजनीतिकर्मी, गैरसरकारी र सरकारी संस्थाका प्रतिनिधि प्लेकार्ड र ब्यानरसहित सहभागी भएका थिए । यसैबीच साँझ लोकतान्त्रिक चोकमा सम्पन्न दिप प्रज्ज्वलन सम्पन्न भएको छ ।  सो अवसरमा महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमख तारा सुनुवारले कार्यक्रम र अभियानका वारेमा जानकारी गराउनुभएको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह