- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कुश्मामा साढे ३ करोडमा वृहत खानेपानी आयोजना निर्माण हुँदै
कुश्मामा साढे ३ करोडमा वृहत खानेपानी आयोजना निर्माण हुँदै
पर्वत,११ मङ्सिर
जिल्लाको कुश्मा नगरपालिकामा खानेपानीको समस्या समाधान गर्नका लागि ३ करोड ४२ लाखको लागतमा नयाँ योजना निर्माण भईरहेको छ । आगामी पुषसम्ममा सक्ने गरि नगरपालिकामा पानी आपूर्ति गर्ने शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वृहत योजनाको निर्माण गर्न लागेको हो । निर्माणाधीन आयोजनाका लागि खानेपानी तथा ढल निकास विभागको २ करोड ४० लाख तथा उपभोक्ताले १ करोड २ लाख लगानी गरेका छन् ।सदरमुकाममा खानेपानी आपूर्तिमा समस्या देखिएपछि संस्थाले नयाँ आयोजनाको काम अघिल्लो वर्षको फागुनदेखि निर्माण गर्न लागेको हो ।
२० वर्षसम्म उपभोक्तालाई खानेपानी पु¥याउने लक्ष्यका साथ ०६५ सालमा निर्मित आयोजनाले खडेरीका समयमा माग थेग्न नसकेपछि नयाँ योजना थालेको संस्थाका अध्यक्ष बाबुराम जोशीले जानकारी दिए । हाल आयोजनाको लागि खरेहामा १ लाख लिटर पानी अट्ने रिजर्भभेसन टंकीको निर्माण कार्य भैरहेको छ ।उता डम्डारेखोलाको पानी संकलनका लागि १८ हजार लिटरको टंकि पनि निर्माण भैसकेको छ । कुश्माको खुर्कोटस्थित क्यादी खोलाबाट ५ किमि पाइपलाइन विस्तार गरी प्रतिसेकेन्ड १७ लिटर पानी ल्याउने योजना थप गर्न लागिएको छ । यसअघि निर्मित आयोजनाले प्रतिसेकेन्ड २८ देखि २९ लिटर पानी आपूर्ति गर्दै आएको थियो ।तर, बजारक्षेत्रमा जनसंख्याको वृद्धिसँगै भवन विस्तारका क्रममा गएको खडेरीमा प्रतिसेकेन्ड ३३ देखि ३५ लिटरसम्म पानीको माग पुगेपछि संस्थाले आगामी १० वर्षलाई पुग्ने गरी नयाँ योजना निर्माण गर्न लागेको शिवालय खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिए ।
गत फागुनमा सुरु भई ६ महिनाभित्रै सक्ने लक्ष्य भए पनि लामो समयको नाकाबन्दी, वर्षामा बाढीपहिराको विपत्तिलगायत कारणले योजनाको काम थप ६ महिना ढिला हुन सक्ने निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधि माधव श्रेष्ठले बताए । पाइपलाइन विस्तार र कलेक्सन टयांकीको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।हाल कुश्मामा करिब २५ सय उपभोक्ता रहेका छन् । पर्वत जिल्ला २०६९ सालमा खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको हो । अहिले जिल्लामा नमूना गाउँ घोषणाका कार्यक्रम भईरहेका छन् ।
सरसफाईका लागि खानेपानीको महत्वपुर्ण स्थान रहने भएकाले कुश्मामा बन्दै गरेको खानेपानी आयोजनाले सरसफाईलाई प्रत्यक्ष सहयोग पुग्ने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रकाश डोटेलले बताए ।पर्वतको सदरमुकाममा दैनिक रुपमा ३६ लाख लिटर पानीको आपुर्ती हुने हो भने आवश्यकता पुरा हुने देखिन्छ । तर पुरानो संरचना मार्फत जम्मा १६ लाख लिटर मात्र आपुर्ती हुने गरेको छ । १० लाख लिटर पानीको दैनिक अभाव नै रहेको छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"